धनकुटा प्रेस सम्वाददाता
धनकुटा/वैसाख–३० गते हुने स्थानिय तह निर्वाचनको लागी उम्मेद्धवार मनोनयन गर्न तिथि अन्तिम हुँदा पनि धनकुटाको तिन गाउँपालिकमा गठवन्धनले उम्मेद्धवार टुङ्गो लगाउन सकेको छैन ।
गठवन्धनले जिल्लाको साँगुरीगढी गाउँपालिका, चौविसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा उमेदवार टुग्याउन सकेको छैन । आइतवार अवेरसम्म छलफल चलिरहेको र सहमतीको प्रयास भैरहेको जसपाका जिल्ला अध्यक्ष वलवहादुर राईले वताए । जसपालाई तिन गाउँपालिका मध्ये साँगुरीगढी गाउँपालिकामा अध्यक्षको पद दावी गरिरहेको र सहमती जुट्न नसकेको राईले बताए । अन्य २ गाउँपालिकामा पनि गठवन्धन भित्र उम्मेरद्धवार चयन गर्ने विषयमा सहमती नजुटेको र सहमती जुटाउन दलका नेताहरु विच पहल भैरहेको राईले वताए ।
नेकपा एमाले धनकुटाले भने जिल्लाको ७ वटै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ । एमाले धनकुटाका जिल्ला सचिव निरन राईका अनुसार प्रदेश कमिटीले ७ वटै स्थानीय तहको उमेदवारको छनौट गरेर जिल्लामा पठाएको जनाएका छन्् । जस अनुसार धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ, उपप्रमुखमा भीमा खनाल, पाख्रिवास नगरपालिकाको प्रमुखमा भीम राई, उपप्रमुखमा नम्रता देउजा, महालक्ष्मी नगरपालिकाको प्रमुखमा दीपक बुढाथोकी, उप्रप्रमुखमा मञ्जु कार्की रहेका छन् ।
चौबिसे गाउँपालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ, उपाध्यक्षमा टंकमाया मगर, साँगुरीगढी गाउँपालिकाको अध्यक्ष कुमारजंग याखा, उपाध्यक्षमा मुना राई, छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बू, उपाध्यक्षमा गोमा कार्की, सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई रहेका छन् ।
यता धनकुटामा तालमेलमा रहेका दल कांग्रेस तथा माओवादीले धनकुटा नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख माओवादी केन्द्रले पाउने भएको छ । जसमा कांग्रेसबाट सभापति दिनेश राई प्रमुखमा र उपप्रमुखमा माओवादीले गणेश विष्टलाई उमेदवार बनाउने भएको छ । पाख्रिबास नगरपालिकामा प्रमुखमा कांग्रेसले ज्ञान बहादुर गुरुङलाई उमेदवार बनाउने भएको छ भने माओवादीले उपप्रमुखमा ओमप्रकाश निरौलालाई बनाउने भएको छ ।
यता, महालक्ष्मी नगरपालिकामा कांग्रेसका ध्रुवराज राया प्रमुखमा र माओवादीका प्रेम खड्का उपप्रमुखमा उमेदवार बन्ने भएका छन् । छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका छत्र सुब्बा अध्यक्षमा र माओवादीको गीता खेवा उपाध्यक्षमा भीड्ने पक्का कक्की भएको छ ।
- dhankutapress