Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

साँगुरीगढीमा गठवन्धन उर्लियो

  •   ४ वर्ष अघि | २५ बैशाख २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

डाँडावजार/साँगुरीगढी गाउँपालिकामा गठवन्धन दलको अध्यक्ष जितेन्द्र रुम्दाली र उपाध्यक्ष पदका उम्मेदवार जसपाका लिलाराज लावतीले पनि जसरी भए पनि चुनाब जित्ने दावी गरेका छन् ।

सनिवार साँगुरीगढी गाउँपालिका वडा नं.५ डाँडावजारमा आयोजित कोणसभालाई सम्वोधन गर्दै गठवन्धनका नेपाली कांग्रेसबाट अध्यक्ष पदका लागी उम्मेदवार जितेन्द्र रुम्दालीले आगामी वैसाख ३० गतेको निर्वाचनमा आफूहरुको जित हुने दावी गरे । गलत मान्छे गाउँपालिकमा पुगेकाले साँगुरीगढी गाउँपालिकाको विकास हुन नसकेको भन्दै आफूहरुलाई भोट दिन डाँडावजारवासीलाई उनले आग्रह गरे । उनले डाडाँवजारका अभिभावक गाउँपालिका अध्यक्ष पाए पनि परिवर्तन नआएको भन्दै एमालेबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार कुमारजंङ्ग याखालाई व्यङ्गय गरे । 


उनले साँगुरीगढी गाउँपालिकावासीको आवश्यक्तालाई जनप्रतिनिधिहरुले सम्वोधन गर्न नसकेको दावी गरे । रुम्दालीले साँगुरीगढी गाउँपालिका कृषि र पर्यटनको ठूलो सम्वभावना वोकेको भएर पनि त्यस तर्फ केही काम नगरेको वताए । त्यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार बनेका लिलाराज लावतीले राजनितिमा आएको विकृतिलाई हटाउन आफूहरु व्यवासायी भएर पनि राजनितिमा आउनु परेको बताए । उनले पैसा कमाउनु नै थियो भने आफूहरु व्यापार नै गरेर वस्ने थियौं तर, राजनितिमा विकृति आएकाले हटाउन र समाज सेवा गर्न आएको बताए । लावतीले भेडेटार–रवी–राँके सडक निर्माण हुन थालेको वर्षौ भयो तर कहिल्यै सकिएन यस विषयमा गाउँपालिकाले चासो नदिएको गुनासो गरे ।


साँगुरीगढी गाउँपालिका वडा नं.५ का नेपाली कांग्रेसका सभापती ओम प्रकास थेगीमको अध्यक्षतामा सम्पन्न गठवन्धनको कोणसभामा जसपाका नेता अर्जुन थापा, नेपाली कांग्रेसका हरि राई, माओवादीका जगत राई, साँगुरीगढी वडा नं.५ का वडाध्यक्ष पदका उम्मेदवार खड्ग लिम्वु लगायतले सम्वोधन गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिका सभापती नेपालधन राईले गरेका थिए । कोणसभा शुरु हुनु अघि गठवन्धनका उम्मेदवाररहरुले डाँडावजारमा मतदाताहरुसंग घरदैलो कार्यक्रम गर्दै जुलुस समेत निकालेका थिए । 

साँगुरीगढी गाउँपालिकामा १६ हजार, २ सय, ४१ मतदाता रहेका छन् । ०७४ को स्थानिय तहको निर्वाचनमा साँगुरीगढीमा एमालेका कुमारजंङ याखाले १ हजार भन्दा वढी मतले गवन्धनका जितेन्द्र रुम्दालीलाई पराजित गरेका थिए । यो पटक पनि दुवै जना विच भिडन्त हुँदैछ । 

 


  • dhankutapress

थप