धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/नेपाली कांग्रेस धनकुटाका अभिभावक तथा तत्कालीन लेगुवा गाविसका सभापती भुपाल ठकुरीको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटाले वुधवार चारतारे झण्डा ओढाएर सम्मान सहित अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्रिय सभापती प्रदेश सभा निर्वाचन क्षेत्र नं.ख का सभापती राजन पौडेल, महालक्ष्मी नगरपालिकाका मेयर तथा नगर सभापती ध्रुवराज राय लगायत नेताहरुले धनकुटा कांग्रेसका अभिभावक तथा पूर्व सभापती स्वर्गीय ठकुरीको निवास महालक्ष्मी नगरपालिका वडा नं. ६ माङमायामा स्वर्गीय ठकुरीको पार्थिव शरिरमा चार तारे झण्डा ओढाएर सम्मान गरी श्रद्धाञ्जली अर्पण गरे।
७५ बर्षको उमेरमा गएराती श्वास प्रश्वास रोगका कारण निधन भएका भुपाल ठकुरीको अरुण नदीमा अन्त्यष्टि गरिएको हो । स्वर्गीय ठकुरीका धर्मपत्नी टिकामाया ठकुरी, एक छोरा लिराम ठकुरी र तिन छोरीहरु चार नाती नातीनीहरु रहेका छन् । ठकुरीको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको जिल्ला सभापती दिनेश राईले बताए ।
- Dhankutapress