Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

पहिचानवादीहरुको धनकुटामा आकस्मिक भेला

लोभलालचमा लागेर २/४ जना जाँदैमा पहिचानको आन्दोलन नसेलाउने निष्कर्ष

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाका पहिचानवादी पार्टीका नेता तथा कार्यकर्ताहरु अन्य पार्टीमा भट्टाभट्ट प्रवेश गर्न थालेपछि प्रदेस नं.१ को पुनः नामंकन संघर्ष समितिको आयोजनामा पहिचानवादीहरुको आकस्मिक जिल्ला स्तरिय भेला मंगलवार धनकुटामा सम्पन्न भएको छ । 

प्रदेसको नम्बर १ को नाम पुनः नामंकन गर्न गठित संघर्ष समितिका केन्द्रिय अध्यक्ष डगेन्द्रसिं थेगिमको प्रमुख आतिथ्यमा धनकुटामा पहिचानवादीहरुको आकस्मिक जिल्ला स्तरिय भेला सम्पन्न भएको हो । प्रदेश १ मा चलिरहेको पहिचानवादीहरुको आन्दोलनलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने बिषयमा वृहत छलफल भएको छ । साथै, विशेष गरे जनता समाजवादी पार्टी नेपालमा आएको रानीतिक ध्रुबिकरण लगायत समसामयिक बिषयमा पहिचानवादीहरुको जिल्ला स्तरिय भेला केन्द्रित भएको थियो । 

जिल्ला स्तरिय भेललाई सम्वोधन गर्दै संघर्ष समितिका केन्द्रिय अध्यक्ष डगेन्द्र थेगिमले आगामी दिनमा पालिका स्तरमा सङ्ठन बिस्तार, भेला तथा प्रशिक्षण कार्यक्रमको तयारीको विषयमा विस्तृत् रुपमा सहभागीहरुलाई जानकारी गराएका थिए । उनले पहिचानवादीहरुले वृहत राजनीतिक शक्ति निर्माण गरेर अघि वढ्नको लागि पहिचानको सवालमा वैचारिक एवं शैद्धान्तिक विषयहरुलाई आम समुदायमा लिएर जाने बताए । पहिचान विरोधी पार्टीहरु पहिचानवादीहरुलाई टुक्रा टुक्रा बनाउनको लागि सशक्त ढंगले लागेका छन् भन्दै थेगिमले भने–‘अब तिनको भण्डाफोर गर्न पहिचानवादीहरु हरेक हिसाबले तयार हुनु पर्छ ।’

अहिले एमाले र कांग्रेसले संयुक्त सरकार बनाएका छन् । उनीहरुले भनेका छन्–‘अबको नेपाली राजनीतिमा हाम्रो मुख्य सत्रु भनेको माओवादी लगायतको अन्य पार्टी नभएर पहिचानवादी शक्ति हो, यिनलाई जसरी भएपनि कम्जोर बनाएर लानै पर्छ ।’ उनले कांग्रेस एमाले सत्तासमिकरण हुनुको मुख्य कारण भनेको गिरविन्धु टि स्टेट्, भुटानी सरणार्थि काण्ड जस्ता दर्जनौं भ्रष्टचारको काण्डहरुलाई ढाकछोप गर्नको लागि भएको दावी गरे । यस्ता दजनौं भ्रष्टचारको काण्डको कारण एमाले कांग्रेस सेन्टिगेट बनाएर सत्ता समिकरण गरेको सहभागी माँझ उनले स्पष्ट पारे ।

नश्लिय राजनीति गर्नेहरुको पछि नलाग्न पहिचानवादीहरुलाई सुझाव :

साथै, उनले अहिलेको एमाले नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाए वंगला देशको जस्तो नागरिक क्रान्ति नेपालमा हुने ठोकुवा गरे । पहिचानवादीहरुलाई नश्लिय राजनीति गर्नेहरुले षडयन्त्र गरिरहेको बताउँर्दै थेगिमले भने–‘सानातिना लोपलालचमा लागेर पहिचानवादीहरु नश्लिय राजनीति गर्नेहरुको पछि लागिरहेका छन् ।’ उनले भने–‘प्रदेश नं.१ पुनः नामंकन संघर्ष समितिको ताप्लेजुङ वैठकले गरेको निर्णयनुसार १४ वटै जिल्लामा संघर्ष समिति गठन र पहिले गठन भएको जिल्लाहरुमा आगामी भाद्र १५ गते देखि पुनर्गठन गर्ने तयारी भैरहेको छ ।’ मङ्सिर २ गते बिराटनगरमा आयोजना गर्ने भनिएको प्रदेसको पुनः नामंकन सङ्घर्ष समितिको दबाबमुलक सभाको तयारीको सन्दर्भमा छलफल भएको छ । पहिचानबादीहरु पार्टी परित्याग गरी अन्य पार्टीमा प्रबेश गरिरहेको बिषयलाइ लिएर पनि भेलामा निक्कै लामो बहस, छलफल र अन्तरक्रिया भएको जसपा धनकुटाकी अध्यक्ष पार्वती राईले बताईन । 

पहिचानमा आधारित संघीयता स्थापित नभएसम्म समृद्ध नेपाल नबन्ने ठोकुवा : छल्फलमा जसपा नेपालका केन्द्रिय नेता राजकुमार राइले पहिचानमा आधारित संघीयता स्थापित नगरेसम्म समृद्ध नेपाल नबन्ने ठोकुवा गरे । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले नेपालमा पहिचान र संघीयता स्थापित गर्छ भन्नु भ्रम मात्र भएको भन्दै सवैलाई क्लियर हुन आग्रह गरे । ‘उनले अशोक राईलाई उपाध्यक्ष पद पाउने पक्का भएकाले एमालेमा जान तयार छन् । तर, राजेन्द्र श्रेष्ठलाई एमालेले कुन पद दिने भन्ने एकिकन नभएकाले अहिले अड्किएको मात्र हो’–उनले थपे । 

नेता राईले २० औं शताब्दी बर्ग संघर्ष र राष्ट्रिय मुक्ति आन्दोलनको शताब्दी थियो भने २१ औं शताब्दी पहिचान र संघर्षको शताब्दी भएको बताए । अहिले सबैलाई समान इज्जत, समान प्रतिष्ठा र सवैलाई बराबरीको समानताको हक माग्दा केपी ओलीले छुद्रो बोली बोलेर अपहेलित गर्ने बाणी कसैलाई सैय नहुने नेता राईले ठोकुवा गरे । 

संघर्ष समिति धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राइ, जसपा नेपाल् धनकुटाका अध्यक्ष पार्बती राइ, सचिब डम्बर कटुवाल, पहिचानबादी नेतृ सरकुमारी आठपहरिया, नागरिक समाजका अगुवा सुन्दरबाबु श्रेष्ठ, जसपा धनकुटाका उपाध्यक्ष सरोज आठपहरिया, जिल्ला सदस्य इन्द्र भन्डारी, सङ्घर्ष समितिका धनकुटा जिल्ला सचिब डम्बर खबाहाङ, मुन्धुमी युवा कबि केजी सुब्बा, पहिचानवादी यूवा दस्ता धनकुटाका सक्रिय सदस्य कमलदिप तिगेला लगायतको उपस्तिथि रहेको थियो ।

  • dhankutapress

थप