Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटाको सरकारी कार्यालय अन्यत्र नसार्न कांग्रेसले पहल गर्ने–पूर्व मन्त्री कार्की

  •   ३ वर्ष अघि | ९ माघ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर समवाददाता 

धनकुटा/पूर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रभवाशाली नेता ज्ञानेन्द्र वहादुर कार्कीले धनकुटामा रहेका सरकारी कार्यालयहरु धनकुटामा नै राख्नका लागी पहल गर्ने बताएका छन् ।

धनकुटाबाट केही कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारी भैरहेको भन्ने चर्चा चलिरहेको अवस्थामा मंगलवार आयोजित एक कार्यक्रममा काग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले धनकुटा पहिले देखीनै केन्द्रको रुपमा रहेकाले धनकुटाबाट अन्यत्र कार्यालयहरु सार्ने काम गर्नु नहुने र ति कार्यालयहरु धनकुटामा नै राख्नका लागी आफुले पहल गर्ने वताए ।

नेता कार्कीले भने–‘अहिले कांग्रेस भित्र पूर्ण एकता आवश्यक छ, एकता भएमा कांग्रेसलाई कुनै पनि शक्तिले हराउन सक्दैन ।’ नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य लिला सुब्बा, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ लगायतले धनकुटा अस्पतालको जग्गा प्राप्तीको लागी पहल गरि दिन आग्रह गरे । साथै, सरकारले स्वास्थ्य बिमाबाट उपचार गराउँदा अहिले १० प्रतिशत शुल्क लिन शुरु गरिएकोले यसलाई हटाउन पहल गर्न उनीहरुले आग्रह गरेका छन् । 

धनकुटामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगर सार्न लागिएको, तथ्याङ्ग कार्यालय धनकुटाबाट खोटाङ सार्न लागिएको र पाख्रिवास कृषि अनुसन्धान केन्द्रबाट चिया अनुशन्धान लगायतका केही शाखा ईलाम सार्न लागिएको भन्दै नेपाली काग्रेस धनकुटाले नेता कार्कीलाई ध्यानआकर्षण गराएको हो । 

  • Dhankutapress

थप