Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जनप्रतिनिधिहरुले तेरोमेरो भनेर डिमार्केशन गर्न नहुने

जुनै पार्टीबाट जितेर आएपनि सेवाग्राहीलाई समान आँखाले हेर्न सूझाव

  •   ४ वर्ष अघि | १५ असार २०७९, बुधबार

सबिला मोक्तान तामाङ

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/निर्वाचित जनप्रतिनिधिहरुले तेरोमेरो भनेर डिमार्केशन नगरी कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्नु पर्ने भन्दै सोमवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

जिल्ला  समन्वय समिति धनकुटाले आयोजना गरेको जिल्ला सभा उद्धघाटन सत्रलाई सम्वोधन गर्दै अतिथि वक्ताहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्न सूझाव दिएका हुन् । सो अवसरमा वोल्ने अधिकांश वक्ताहरुले जिल्ला समन्वय समितिको मुख्य काम भनेको राजनितिक संरचना । प्रशासनिक हिसावले समन्वयकारी भूमिका निर्वाह गर्नु रहेको वताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई सभालाई सम्वोधन गर्दै । 

जिल्ला सभा उद्धघाटन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले निर्वाचित जनप्रतिनिधिहरुले हिजो के गरियो भनेर आफूले गरेको कामको समिक्षा गर्ने वेला भएको वताएका छन् । राईले त्यसका साथै यो पटकको निर्वाचनमा कतिपय जनप्रतिनिधिहरु दोहोरिएका छन् भने कतिपय नयाँ भएकाले पूरानासंग अनुभव भएकाले नयाँसंग मिलेर काम गर्न सुझाएका छन् । राईले विगतमा गरेको कामको समिक्षा र आगामी दिनमा गरिने कामको कार्य योजना निर्माण गरेर अघि वढ्न जनप्रतिनिधिहरुलाई थप निर्देशन समेत दिएका छन् । 

कार्यक्रमका अतिथि एमालेका पुर्व सांसद गोपाल गुरागाँई सभालाई सम्वोधन गर्दै ।

त्यसैगरी प्रदेशसभा सदस्य एवंम न्याय प्रशासन तथा विद्यायन समितिका सभापति इन्द्रमणी पराजुलीले जननिर्वाचित प्रतिनिधिहरुले हाम्रो जिम्मेवारी के हो ? अधिकार के हो ? भनेर संविधान र स्थानिय सरकार संचालन ऐनलाई अध्ययन गर्न आग्रह गरे । स्थानिय सरकार संचालन गर्ने क्रममा पालिकाहरुले तलमाथि गरे जिल्ला समन्वय समितिले प्रभावकारी अनुगमन गर्नु पर्नेमा जोड दिए । पुर्व जिविस सभापति टिकाराम चेम्जोङले जनताले जस दिने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । चेम्जोङले पछिल्लो समयमा पालिकाहरुमा जनप्रतिनिधिहरुले गरिहेको क्रियाकलाप सुशासन र न्याय र समनातको पक्षमा नदेखिएकाले गम्भिर भएर सोचेर अघि वढ्न सुझाव दिए । उनले पछिल्लो समयमा केही मान्छेहरु वहुदलिय व्यवस्था नै खारेज गर्नु पर्छ भनेर उभिइरहेका छन् यो लोकतन्त्रवादीहरुको लागी चुनौतीको विषय भएको समेत दावी गरेका छन् । 

कार्यक्रमका अतिथि प्रदेश सभा सदस्य एवंम न्याय प्रशासन तथा विद्यायन समितिका सभापति इन्द्रमणी पराजुली सभालाई सम्वोधन गर्दै ।

त्यसैगरी नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गोपाल गुरागाँईले पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले जनउत्तरदायी भएर काम गर्न सुझाव दिए । पालिकाहरुमा पार्टीगत हिसावले पक्ष विपक्ष भएका होलान यस्तो वेला मिलेर जनप्रतिनिधिहरुले जनताको जनजिविकाको पक्षमा काम देखाउन आग्रह गरे । त्यसैगरी प्रदेश सभा सदस्य आर्सी तुम्वाले जनप्रतिनिधिहरुले पालिकाहरुमा तेरोमेरो भन्दै पक्षपात नगरी काम गर्न आग्रह गरे । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पछिल्लो समयमा जनप्रतिनिधिहरु विच देखिएको आपसी वैमन्यस्यताले राजनीतिक रुपमा समशया उत्पन्न गराएको स्मरण गराए । प्रमुख तामाङले यो वा त्यो दल भनेर डिमार्केसन गर्न नहुने भन्दै निर्वाचित जनप्रतिनिधिहरुलाई मिलेर अघि वढ्न आग्ह गरे । 

जिल्ला समन्वय समितिको प्रथम जिल्ला सभालाई पालिकाहरुको तर्फबाट सम्वोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङ ।

जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतमा सम्पन्न जिल्लासभामा प्रदेश माननिय निरन राई, विना राई, निवर्तमान जिल्ला समन्वय प्रमुख टंक चौहान, प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल, क्रियशिल राजनितिक पार्टीहरुको तर्फबाट विष्णुमाया कन्दङ्गवाले आ–आफ्नो धारणा राख्दै निर्वाचित जनप्रतिनिधिहरुलाई एक आपसमा मिलेर काम गर्न आग्रह गरेका छन् । 

  • Dhankutapress

थप