Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

समाजवादी मोर्चाले अशोज २४ गते धनकुटामा घोषणासभा गर्ने

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/समाजवादी मोर्चा नेपालले आगामी अशोज २४ गते वुधवारका दिन धनकुटामा शन्देश तथा घोषणा सभा आयोजना गर्ने भएको छ ।

मोर्चा सम्वद्ध दलका जिल्ला स्तरिय शिर्ष नेताहरुले सोमवार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर धनकुटाको सामुदायिक भवनमा आगामी २४ गते विशाल घोषणासभा गर्ने जानकारी दिएका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा वोल्दै मोर्चा सम्वद्ध दलका नेता एवं पुर्व प्रदेस सांसद आर्सी तुम्वाले समाजवादी मोर्चाको औचित्य, आवश्याक्ता र चुनौतीहरुको बारेमा प्रष्ट पारे । पत्रकारहरुको जिज्ञासामा तुम्वाले भने–‘समाजवादी मोर्चाको मुख्य लक्ष्य र उदेश्य भनेको देशमा राजनीतिक स्थिरता कायम गरेर देश विकास गर्ने रहेको छ ।’ नेता तुम्बाले थपे–‘पछिल्लो समयमा राजनीतिक संस्कार नै हराउने होकि भन्ने अवस्था सृजना भएकाले पनि नेपालको राजनीतिक पार्टीहरुमा एक आपसमा राजनीतिक सद्भाव कायम गर्नको लागि पनि समाजवादी मोर्चा गठन गर्नु परेको हो ।’

अर्का नेता नेकपा समाजवादीका धर्म पौडेलले समाजवादी मोर्चा केन्द्र तहदेखि प्रदेश, जिल्ला हुँदै पालिका तहसम्म गठन गर्ने वताए । उनले नेपालको संविधानको अक्षरस पालना गर्दै संघीय शासन व्यवस्था र लोकतन्त्रलाई सहि ढंगले कार्यन्वयन गर्नको लागि समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पारे । पौडेलले थपे–‘पछिल्लो समयमा नेपाली राजनीतिमा विकृति, विसंगती देखिएकाले त्यसलाई सच्याउनको लागि पनि देशव्यापी रुपमा मोर्चा गठन गरिएको हो ।’

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष डम्वर कट्वालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा माआवादी केन्द्रका नेतृ एवं पुर्व प्रदेस सभा सदस्य कसुमकुमारी श्रेष्ठ (जुली), नेकपाका ध्रुर्व ‘सि’ लगायतले वोलेका थिए । 

उनीहरुले आगामी अशोज २४ गते १२ वजेबाट धनकुटामा आयोजना हुने घोषणा सभाको स्थानिय व्यवस्थापन जनता समाजवादी पार्टी धनकुटाले गरेको स्पष्ट पारेका थिए । सभालाई मोर्चामा आवद्ध हरेक पार्टीका संघीय नेताहरु २÷२ जनाले सम्वोधन गर्ने कार्यक्रम रहेको पनि वताएका छन् । 

  • Dhankutapress

थप