धनकुटा प्रेस सम्वाददाता
धनकुटा/स्थानिय तहको निर्वाचन ०७९ वाट गठित धनकुटा नगरपालिकाको प्रथम नगरसभामा गणपुरक संख्या नपुगेपछि शुक्रवार स्थगित भएको छ ।
नगरसभामा एमालेबाट निर्वाचित प्रमुख, उप–प्रमुख,वडाध्यक्ष र अन्य सदस्यहरु उपस्थित् भएपनि गठवन्धनबाट नगर कार्यपालिकामा निर्वाचित जनप्रतिनिधिहरु उपस्थित नभएपछि सभा स्थगित भएको हो ।
स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद–५ मा व्यवस्था भएको नगरसभा व्यवस्थापन सम्वन्धि वनेको कार्यविधि वमोजिम सभामा गणपुरक संख्या नपुगे पछि नगर प्रमुख चिन्तन तामाङले तिन दिनको लागी सभा स्थगित गरेका छन् । उनले विहिवार राती अवेरसम्म वसेको कार्यपालिकाको पुर्ण वैठकले आ.व.०७९/०८० को कुल वजेट ६४ करोड, ४० लाख, ६५ हजार पारित गरेर नगरसभामा सर्वसम्वत ढंगले नगरसभामा जाने निर्णय भएको वताए ।
प्रमुख तामाङले शुक्रवार १ वजे देखी शुरु हुने भनि आयोजना गरिएको प्रथम नगरसभामा कार्यपालिका सदस्यहरु अपरान्ह ३ वजेसम्म अनुपस्थित् रहेपछि सभा स्थगित गरेको बताए । उनले कार्यपालिकाको सदस्यहरुले वैठकमा सर्वसम्वत निर्णय गरेर पनि किन अनुपस्थित् रहे भन्ने विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।
धनकुटा नगरकार्यपालिका प्रवक्ता जम्शेर छाराहाङ आठपहरियाले विहिवारको वैठकमा आ.व.०७९/०८० को वडागत वजेट सिलिङ र नीतिगत निर्णयहरु सर्वसम्वत ढंगले पारित गरेर शुक्रवारको नगरसभावाट पारित गर्ने निर्णय भएको वताए । उनले असार ७ गतेको पहिलो कार्यपालिकाको वैठकले विषयगत समितिहरु निर्माण गरेर सोही निर्माण गरिएको कार्यतालिका अनुसार शुक्रवारको नगरसभा आयोजना गरिएको वताए । उनले कार्यपालिकाको निर्णय अनुसार नै स्थानिय राजश्व परामर्श समिति, श्रोत अनुमान तथा वजेट सिमा निर्धारण लगायतको तालिका अनुसार नै वैठक सम्पन्न गरेर नगरसभाको तयारी गरेको वताए ।
उनले आ.व.०७९/०८० को लागी वडागत रुपमा वडा नं.१ लाई ७० लाख, वडा नं.२ लाई ६० लाख, वडा नं.३ लाई ५५ लाख, वडा नं.४ लाई ५५ लाख,वडा नं.५ लाई ५५ लाख, वडा नं.६ लाई ६० लाख, वडा नं.७ लाई ६० लाख, वडा नं.८ लाई ६० लाख, वडा नं.९ लाई ६० लाख र वडा नं.१० लाई ५५ लाख गरी जम्मा ५ करोड ९० लाखको वजेट सिलिङ सर्वसम्वत ढंगले विनियोजन गरि निर्णय गरेको बताए । प्रवक्ता आठपहरियाले आ.व.०७९/०८० को लागी वजेट नीति तथा कार्यक्रमहरु सर्वसम्वत ढंगले पारित गर्न कार्यपालिकाको वैठकमा सहमति जुटाएको वताए ।
उनले कार्यपालिकाको वैठकमा सहमति जुटाएर पनि नगरसभामा कार्यपालिका सदस्यहरु उपस्थित् नहुनु भनेको नगरवासीको दैनिक सरोकारको विषयमा समश्या उत्पन्न गर्न खोजिएको भन्दै टिप्पणी गरे । यसरी नै नगरपालिकामा जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाको नियमित काम कार्वाहीलाई व्यवधान खडा गरेर अघि वढ्ने हो भने जनताको अभिमत माथि धोका हुने वताए ।
यता धनकुटा नगरपालिकामा गठवन्धनको तर्फबाट कार्यपालिकामा निर्वाचित संसदिय दलका नेता रोशेष श्रेष्ठले नगरपालिकाले सवै कार्यपालिका सदस्यलाई आधिकारिक जानकारी नगराएकाले नगरसभा उपस्थित् नरहेको वताए । उनले त्यसको साथै वडगत वजेट सिलिङमा कार्यपालिकाको वैठकमा सहमति भए पनि दायित्वको विषयमा सहमति नजुटेको कारणले पनि आफूहरु उपस्थित् नभएको वताएका छन् ।
सात स्थानिय तह मध्ये पाँच स्थानमा वजेट शान्तिपुर्ण ढंगले प्रश्तुत्
तिन नगर र ४ गाउँपालिका रहेको धनकुटा जिल्लामा शुक्रबार ५ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । जसमध्ये धनकुटा र पाख्रिबास नगरपालिकामा बजेट घोषणा कार्य स्थगित भएको हो ।
यसैगरी पाख्रिबास नगरपालिकामा उन्नत जातको बोका वितरणको सवालमा केही दिन अघिबाट विवाद भएको कारण घोषणा कार्य स्थगित भएको नगरप्रमुख ज्ञानबहादुर गुरुङले बताए । उनले उन्नत जातको बोका वितरण कार्यक्रम बजेटको कार्यक्रम अनुसार भएको र सोको माइनेट खाता उपप्रमुख नम्रता देउजा र वडा नं. ३ का वडाअध्यक्ष सरोज राईले खोसेर लगेका कारण विवाद आएको बताए । गुरुङले सो खाता नल्याएसम्म छलफल नगर्ने जानकारी दिए ।
महालक्ष्मी नगरपालिका धनकुटाको नवौ नगरसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै निवर्तमान नगर प्रमुख परशुराम नेपाल ।
महालक्ष्मी नगरपालिकाले ७२ करोड, छथर जोरपाटी गाउँपालिकाले ४४ करोड र सहिदभूमी गाउँपालिकाले ४४ करोडको बजेट प्रस्तुत गरेका छन्। साँगुरीगढी गाउँपालिकाले ५१ करोड र चौबिसे गाउँपालिकाले ६४ करोड बराबरको बजेट प्रस्तुत गरेका छन ।
धनकुटाको शहिदभूमि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राई दोश्रो गाउँसभाको प्रथम अधिवेशनमा आ.व.०७९÷०८० को वजेट, नीति तथा कार्यक्रम प्रश्तुत् गर्दै ।
धनकुटाको छथरजोरपाटी गाउँपालिकाले गत आर्थिक वर्षको भन्दा २ करोड ४७ लाख ७१ हजार बढीको बजेट ल्याएको छ। गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङ्गले गाउँसभामा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ४४ करोड ७४ लाख ८४ हजारको बजेट प्रस्तुत गरेकी छन । जस मध्ये आन्तरीक आयबाट १ करोड, नेपाल सरकार बाट प्राप्त वितिय सामान्यीकरण तर्फ ९ करोड ४७ लाख, राँजश्व बाडफाँड बाट ७ करोड ५३ लाख, ३४ हजार, संघिय सरकारबाट सशर्त अनुदान तर्फ २० करोड ६७ लाख, बिशेष अनुदान १ करोड, समपुरक अनुदान १ करोड ९० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकार बाट वितिय समान्यी करण तर्फ ५१ लाख १५ हजार राजश्व बाडफाँड तर्फ ३० लाख ६१ हजार समपुरक अनुदान १ करोड, सशर्त अनुदान ७४ लाख ६० हजार आल्य ३४ लाख १४ हजार हुने अनुमान गरी गाउँपालिकाकी उपाध्यक्ष गुरुङ्गले बताइन् ।
- Dhankutapress