Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगरपालिकामा पुनः उदाए चिन्तन तामाङ

  •   ४ वर्ष अघि | ३ जेष्ठ २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ धनकुटा नगरपालिकमा पुनः नेकपा एमालेको तर्फबाट चिन्तन तामाङले विजयी हासिल गरेका छन् ।  

उनले ७ हजार, ६६६ मत प्राप्त गरी विजयी हासिल गरेका हुन । तामाङले नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई पराजित गरेका हुन् । राईले ७ हजार, ६५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ । 

यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार भिामादेवी खनाल विजयी भएकी छन । उनले ७ हजार, १९६ मत प्राप्त गरी विजयी भएकी हुन । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गणेश विष्टले ६ हजार ६२९ मत प्राप्त गरे ।


धनकुटा नगरपालिकाको वडा नं. १,२,४,८ र ९ को वडाध्यक्ष एमालेका उम्मेदवार विजयी भएका छन । वडा नं.३,५,६,७ र १० वडा गठबन्धनका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वि.सं.०७४ को निर्वाचनमा पनि तामाङले राईलाई ११४ मतले पराजित गरेका थिए । 

पाख्रीवास न.पा. को प्रमुखमा ज्ञानवहादुर गुरुङ्ग




धनकुटाको पाख्रिबास नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन । 

उनले ५ हजार, ४९८ मत प्राप्त गरी जितेका हुन । गुरुङले एमालेका उम्मेदवार भीमबहादुर राईलाई पराजित गरेका छन् । राईले ५ हजार, ५३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार नम्रता देउजा विजयी भएकी छन । उनले ५ हजार, ६२ मत प्राप्त गरी विजयी भएकी हुन । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे ।

पाख्रीवासको वडा नं. २, ३, ७, ९ र १० नं वडाध्यक्ष एमालेका उम्मेदवार विजयी भएका छन । १, ४, ५, ६ र ८ वडा गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

चौविसे गा.पा. का अध्यक्षमा राजकुमार चेम्जोङ


धनकुटाको चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका राजकुमार चेम्जोङ विजयी भएका छन् ।

लिम्बूले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका दलबहादुर मगरलाई १ हजार ४७ मतान्तरले पराजित गर्दै चेम्जोङले विजयी हात पारेका हुन् । उनले ५ हजार ३८ मत ल्याउँदा मगरले ३ हजार ९९१ मत ल्याएका छन् ।

चार हजार ९८३ मत पाएर एमालेकी टंकमाया मगर उपाध्यक्ष निर्वाचित भइन । उनले गठबन्धनका जनता समाजवादीका दिवा चेम्जोङलाई ९९५ मतले पराजित गरेकी हुन् ।  चेम्जोङले ३ हजार ९ सय ८८ मत पाए । 

अन्तिम मत परिणामअनुसार वडा नं. २, ३, ४, ५ र ८ मा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं. १, ६, र ७ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

छथरजोरपाटी गा.पा.को अध्यक्षमा छत्र सुब्बा 


धनकुटाको छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३ सय ५९ मत ल्याएर विजयी भएका छन् । 

त्यसैगरी उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रकी नेतृ गीता खेवा लिम्वु ४ हजार ३ सय ८७ मत सहित विजयी भएका छन । खेवा पुर्व अर्थ राज्य मन्त्री एवं माओवादी नेता हरिराज खेवाकी धर्मपत्नी हुन् ।  छत्र सुब्बाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्र्टी (एमाले) का उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरेका हुन् । 

अध्यक्षका प्रतिद्वन्द्वी एमालेका शेर वहादुर लिम्बुले ४ हजार, १ सय, ६४ र उपाध्यक्षका उम्मेदवार गोमा कार्कीले ३ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । छथरजोरपार्टी गाउँपालिकाको छ वटै वडाको मत गणना सम्पन्न भएको छ ।

मत परिणाम अनुसार वडा नं. १, २, ५ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नं.३ र ४ मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

साँगुरीगढी गा.पा.को अध्यक्षमा जितेन्द्र रुम्दाली 



धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका जितेन्द्र रुम्दाली राई विजयी भएका छन् । पाँच हजार ३९९ मत ल्याई राई अध्यक्षमा निर्वाचित भएका हुन् । 

राईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजंग याखालाई ५७१ मतान्तरले पराजित गरेका हुन् । याखाले ४ हजार ८२८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी मुना राईले ४ हजार ६५० मत पाएकी छिन । उनले गठबन्धनका जनता समाजवादीका लिलाराज लावतीलाई १४ मतले पराजित गरेकी हुन् । लावतीले ४ हजार १३६ मत पाएका छन् ।  

गाउँपालिकाका १० वटै वडाको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडा नं. २, ३, ५ र ७ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  वडा नं. १, ४, ६, ८, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

महालक्ष्मी न.पा. को प्रमुखमा ध्रुर्वराज राय


जिल्लाको महालक्ष्मी नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ध्रुर्बराज राया विजयी भएका छन् । यस्तै, उपमेयरमा नेकपा एमालेका मञ्जु कार्की अधिकारी निर्वाचित भएकी छन् । 

रायाले नेकपा एमालेका दीपक बुढाथोकीलाई पराजित गरेका हुन भने कार्कीले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रेम खड्कालाई पराजित गरेकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले उनीहरुले पाएको मत भने सार्वजनिक गरेको छैन । महालक्ष्मी नगरपालिका वडा नं. ८ मा वडाअध्यक्षका उम्मेदवार एमालेका रामबहादुर खड्का र कांग्रेसका हिक्मत बहादुर भण्डारीका प्रतिनिधिको विवादको कारणले मत परिणाम सार्वजनिक नभएको हो । वडा नं. ८ मा सुरुमा कार्की र भण्डारीको बराबर मत आएको भनिएको र पछि पुनः खड्का २ मतले विजयी भएको भनेर निर्वाचन अधिकृतको कार्यालयले बताए पछि विवाद आएको बताइएको छ ।

यस विषयमा बुझ्न निर्वाचन अधिकृत लक्ष्मीदेवी होमागाई खतिवडालाई सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ । यता, जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले वडा नं. ८ मा विवाद आएकाले मत परिणाम सार्वजनिक नभएको जानकारी दिए । उनले नगरपालिका प्रमुखमा राया र उपप्रमुख कार्र्की विजयी भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार वडा नं. ८ मा विवाद भए पनि वडा नं. १, ४ र ९ मा एमाले र २, ३, ५, ६ र ७ मा गठबन्धनका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । 


  • Dhankutapress

थप