Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

पहिचानवादीको मागलाई सहि ढंगले सम्वोधन नगरे प्रदेश सरकारसंग भईरहेको वार्ता भङ्ग गर्ने चेतावनी

  •   ३ वर्ष अघि | १७ फाल्गुन २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता (फोटो फिचर हेर्नुहोस) 

धनकुटा/प्रदेश नं.१ पुनःनामंकन संयुक्त संघर्ष समितिका केन्द्रिय महासचिव रामभक्त कुरुङ्गवाङ्गले पहिचानवादीको माग र मुद्धलाई सहि ढंगले प्रदेश सरकारले सम्वोधन नगरे वार्ता भङ्ग गर्ने चेतवानी दिएका छन् । 

प्रदेश नं.१ पुनःनामंकन संयुक्त संघर्ष समिति धनकुटाले विहिवार स्थानिय मदनचोकमा आयोजना गरेको अध्याँरो दिनको विरोधसभालाई सम्वोधन गर्दै महासचिव कुरुङ्गवाङ्गले यस्तो चेतावनी दिएका हुन् । विरोधसभालाई सम्वोधन गर्दै महासचिव कुरुङ्गवाङ्गले भने–‘प्रदेश सरकारसंग पटक–पटक पहिचानवादीहरु वार्तामा वसीरहँदा सकरात्मक नतिजा नआएकोले वार्ता भंङ्ग गर्नुको विकल्प छैन ।’ उनले एक वर्ष अघि एमाले नेतृत्वको प्रदेश सरकारले आजकै दिन षडयन्त्रपूर्ण ढंगले कोशी प्रदेश नामंकन गरेको स्मरण गराउँदै कालो दिनको रुपमा विरोध गर्नु परेको स्पष्ट पारे । 

५० लाख प्रदेशवासीको भावना र चाहाना विपरित सिङ्गो सभ्यतालाई लत्याएर घोषणा गरिएको नामको विरुद्ध गठित प्रदेश १ पुनःनामंकन संघर्ष समितिले वार्ता भंग गरेर नयाँ चरणको आन्दोलन गर्ने महासचिव कुरुङ्गवाङ्गले ठोकुवा गरेका छन् । विरोधसभालाई सम्वोधन गर्दै किराँत राई यायोखाका केन्द्रिय उप–महासचिव अर्जुन जम्नेलीले पहिचानको आन्दोलनलाई कम आंकलन नगर्न प्रदेश सरकारलाई चेतावनी दिए । 

उनले प्रदेश नं.१ को पुनःनामंकन गर्दा प्रदेशवासी जनता खुशि हुन्छन् भने किन पुनःनामकरण नगर्ने भनेर प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका केन्द्रिय सभापति शेर वहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न गरे । 

यहाँका ठूला भनिएका राजनीतिक पार्टीहरुले सकरात्मक रुपमा पहिचानवादीको मागलाई सम्वोधन नगरे प्रदेश सरकारसंग भैरहेको वार्ता भंङ्ग गरेर दोश्रो चरणको आन्दोलनको घोषणा गर्ने उप–महासचिव जम्नेलीले पनि दोहोर्याएका छन् । सभालाई किराँत याक्थुङ्ग चुम्लुङका जिल्ला अध्यक्ष कमलसिं तिगेला, जसपाका जिल्ला उपाध्यक्ष दिवा चेम्जोङ, लिम्वुवान राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष आशिष चेम्जोङ लगायतले सम्वोधन गरेका थिए ।

फागुण–१७ लाई कोलो दिनको रुपमा प्रदेश नं.१ को १४ वटै जिल्लामा विरोधसभा आयोजना गरिएको प्रदेश नं.१ पुनःनामंकन संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक डकेन्द्र थेगीमले वताए । उनले विहिवार प्रदेश नं.१ को ताप्लेजुङमा केपी पालुङ्गवा, पाँस्थरमा विराज आङ्गदेम्वे र निरन्ति तुम्वापो, इलाममा डकेन्द्रसिं थेगीम र प्रेम एक्तेन, तेह्रथुममा कृष्ण चोङ्गवाङ्ग, संखुवासभामा पदम जवेगु र शंकर खेवा लिम्वूले सम्वोधन गरेको वताए । 

त्यसैगरी विहविार सोलुखम्वूमा भएको विरोधसभामा लाक्पा शेर्पा, खोटाङ्गमा रमेश राई, भीम राई, पर्शुराम राई, भोजपुरमा भीम राई, मोरङ्ग तिलक प्रसाद राई, उदयपुरमा गोपाल किराँती, सुनसरीमा जेण्टल लावती, झापामा कुमार लिङ्गदेन, धनकुटामा रामभक्त कुरुङ्गवाङ्ग र अर्जुन जम्नेली राई र ओखलढुङ्गामा जीवन हाताचो राईले विरोधसभालाई सम्वोधन गरेको संयोजक थेगीमले बताए ।

विरोधसभा आयोजना गर्नु पुर्व हरेक जिल्लाको कार्यक्रम स्थलमा कालो व्यानर, कालो पट्टी, कालो झण्डा सहित वजार परिक्रमा गदै पहिचानवादीहरुले नारावाजी गरेका थिए । धनकुटामा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको कार्यालयबाट शुरु भएको पहिचानवदीहरुको र्याली धनकुटा वजारको विभिन्न भागको परिक्रमा गर्दै मदनचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभा जिल्ला समन्वय परिषद धनुकटाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक संजयसन्तोषी राईको अध्यक्षतामा विरोधसभा सम्पन्न भएको थियो भनेसंचालन संघर्ष समितिका सचिव डम्वर खवाहाङ्गले गरेका थिए ।


  • Dhankutapress

थप