Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आधिकारिक सूचना लिएर मात्र समचार प्रकाशन गर्न संचारकर्मीहरुलाई आयोगको आग्रह

आचार संहिता उलंघन गरेको भन्दै स्थानिय प्रशासनमा एक जना पत्रकार विरुद्ध उजुरी परेको खुलासा

  •   ४ वर्ष अघि | २३ कार्तिक २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/निर्वाचन सम्वन्धि समचार सम्प्रेषर्ण गर्दा निर्वाचन आयोगसंग आधिकारिक सूचना लिएर मात्र प्रकाशन÷प्रसारण गर्न धनकुटा स्थित् मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले सोमवार आयोजना गरेको ‘निर्वाचन र संञ्चार माध्यामको भूमिका विषयक एक दिवशिय मिडिया अभिमूखीकरण कार्यक्रम’ मा वोल्दै मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहाले धनकुटाका संचारकर्मीहरुलाई यस्तो आग्रह गर्नु भएको हो । 

उनले धनकुटा जिल्ला भित्रको निर्वाचन सम्वन्धि समचार लेख्नको लागि जानकारी लिनु प¥यो भने सोझै आयोगका प्रवक्तासंग सम्पर्क गर्न सकिने वताए । आयोगका प्रवक्ता निर्वाचन सम्वन्धि जानकारी दिनको लागि २४ घण्टा तयार रहेको मुख्य निर्वाचन अधिकृत शाहाले वताए । उनले जति पनि निर्वाचनसंग जोडिएका समचार सत्य, तथ्य र वस्तुपरक ढंगले संचार माध्यामहरु मार्फत सम्प्रेषर्ण गर्न सक्यो त्यति नै आशन्न निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्न सकिने शाहाको भनाई  थियो । 

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकारी जयराम श्रेष्ठले ‘निर्वाचन र संचार माध्याम’ को भूमिकाका वारेमा सहजीकरण गरेका थिए । श्रेष्ठले निर्वाचन आयोगले हालसम्म गरेको कार्य प्रगतिहरु, निर्वाचन आचार संहिता र आम संचारको भूमिकाको वारेमा सहजीकरण गरेका थिए । 

त्यसैगरी पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले ‘निर्वाचन मिडिया,पत्रकारको भूमिका र निर्वाचन सम्वन्धि’ सहजीकरण गरेका थिए । राईले नेपालमा लोकतन्त्र र संचार माध्यम, निर्वाचनको वेला मिडियामा समचारको जोखिम, लोकतन्त्रको आधार स्वतन्त्र प्रेस, निर्वाचनका विषयमा समचारका श्रोतहरु, निर्वाचनका सरोकारवाला पक्षहरु आदिका वारेमा सहजीकरण गरेका थिए ।

जिल्ला निर्वाचन अधिकारी जयाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न मिडिया अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल, सुरक्षा निकायका प्रमुखहरु, स्थानिय संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागि पत्रकारहरुले दलका उम्मेदवारहरुले विभिन्न मातृभाषामा विभिन्न संचार माध्यामबाट भोट मागिरहेका छन्, नागरिकले पनि त्यसरी नै आफ्नो गुनासो सरकारलाई भातृभाषामा निवेदन दिने दिन धनकुटामा कहिले आउँछ भन्दै प्रश्न गरेका थिए । प्रजिअ कट्टेलले निर्वाचन आयोगले संचारकर्मीहरुलाई महत्व दिएर कार्यक्रम आयोजना गरेको स्पष्ट पारे । उनले धनकुटाका एक जना संचारकर्मी विरुद्ध आफ्नो कार्यालयमा उजुरी परेको जानकारी गराउँदै सो उजुरीका सम्वन्धमा नेपाल पत्रकार महासंघमा लिखित जानकारी आउने वताए । तर, उनले कुन संचार माध्यममा आवद्ध संचारकर्मी विरुद्ध उजुरी परेको भन्ने बारे खुलाएन्न । 


  • Dhankutapress

थप