Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

‘माओवादीले राजनैतिक बेइमानी ग¥यो’ एमाले

  •   ४ वर्ष अघि | १७ जेष्ठ २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुट/कार्यपालिका निर्वाचनमा माओवादी केन्द्रले लिखित सहमती विपरित कार्य गरी धोका दिएको भन्दै एमालेले पत्रकार सम्मेलन गरेर मंगलवार विरोध जनाएको छ । 

एमाले धनकुटाले पत्रकार सम्मेलन मार्फत माओवादीसंग गरिएको लिखित संझौतामा राजनैतिक बेइमानी भएको जनाएको छ । नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले गठबन्धनबाट बाहिरीने भनेपछि माओवादीसंग आफुहरुले सहकार्य गरेको बताए । 

जिल्लाका सात पालिका मध्ये माओवादी र एमालेले सहकार्य गर्दै भागबन्डा मिलाएर जाने भन्दै पा“च बु“दे लिखित सहमती गरिएको थियो । एमालेले माओवादीलाई चौबिसे, सा“गुरीगढी, सहिदभुमी गाउ“पालिका र पाख्रिबास नगरपालिकामा १÷१ जना कार्यपालिका सदस्य दिने सहमती भएको थियो । यस्तै, धनकुटा, महालक्ष्मी नगरपालिकामा ३÷३ सदस्य तथा छथर जोरपार्टी गाउ“पालिकामा ४ जना कार्यपालिका सदस्य दिने निर्णय गरि सहमति गरिएको विज्ञप्तिमा उल्लेख छ । 

दुवै पार्टीका नेतृत्वहरु सहभागी भएर लिखित समहती गरिएको थियो । जसमा माओवादीका जिल्ला इन्चार्ज हेमराज भण्डारी, केन्द्रीय सदस्य धममाया विश्वकर्मा, जिल्ला संयोजक डिल्लीराम राई, प्रदेश नं.१ सह सचिव ऋषिराम भण्डारी सहभागी थिए । यस्तै एमालेका जिल्ला इन्चार्ज राजेन्द्र राई र अध्यक्ष पराजुली सहभागी थिए । एमाले नेता गोपाल गुरागाईले कटुता र धोकालाई मात्र माओवादीले राजनीतिको रुपमा लिएको आरोप लगाए । उता, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हेमराज भण्डारीले सहमती भएको स्वीकार गरे । घटनाबारे टेलिफोन कुराकानीमा उनले एमाले जिल्ला नेतृत्वसंग सहमती गरिएपनि पालिकास्तरको सोहि पार्टीबाट सहमती अस्वीकार गर्ने जानकारी पाएपछि आफुहरुले पनि एमालेलाई मत नदिएको बताए । उनले गठवन्धन फुटाउन र आफू बलियो हुन एमालेले गम्भिर षडयन्त्र गरेकाले आफूहरु पछि हट्नस परेको दावी गरे । 

  • dhankutapress

थप