Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा एमालेले सातै तहमा उम्मेद्धवार टुंगो लगायो

  •   ५ वर्ष अघि | ११ बैशाख २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ वैसाख–३० गते हुने स्थानिय तह निर्वाचनको लागी नेकपा एमाले धनकुटाले भने जिल्लाको ७ वटै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ । 

एमाले धनकुटाका जिल्ला सचिव निरन राईका अनुसार प्रदेश कमिटीले ७ वटै स्थानीय तहको उमेदवारको छनौट गरेर जिल्लामा पठाएको जनाएका छन्् । जस अनुसार धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ, उपप्रमुखमा भीमा खनाल, पाख्रिवास नगरपालिकाको प्रमुखमा भीम राई, उपप्रमुखमा नम्रता देउजा, महालक्ष्मी नगरपालिकाको प्रमुखमा दीपक बुढाथोकी, उप्रप्रमुखमा मञ्जु कार्की रहेका छन् ।

चौबिसे गाउँपालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ, उपाध्यक्षमा टंकमाया मगर, साँगुरीगढी गाउँपालिकाको अध्यक्ष कुमारजंग याखा, उपाध्यक्षमा मुना राई, छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बू, उपाध्यक्षमा गोमा कार्की, सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई रहेका छन् ।

  • dhankutapress

थप