Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको बिकासको लागि अरबौं बजेट ल्याएको दावी : प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राई

संचालन भएका योजनाहरु तथ्यगत ढंगले नआएको प्रति पत्रकारहरुको चासो

  •   ४ वर्ष अघि | ५ असोज २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले आफ्नो पाँच बर्षे कार्यकालमा धनकुटाको विकासको लागि धनकुटामा ३० अर्ब भन्दा बढी बजेट ल्याएको दावी गरेका छन् ।

आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधि सार्वजनिक गर्न सांसद राईले मंगलवार धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेका हुन् । आर्थिक बर्ष २०७५/०७६ देखि हालसम्म ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट धनकुटामा ल्याउन सफल भएको सांसद राईको भनाई छ ।

राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर (चतरा–लेगुवाघाट) निर्माण प्रकृया थालनी देखि प्रदेशकै नमुना विद्यालय निजामति आवासिय विद्यालय धनकुटाको भवन निर्माण, जिल्लाका अन्य विद्यालयका भवन, स्वास्थ्य चौकी, सडक विस्तार जस्ता विकासका काम आफ्नो पहल र प्रयत्नमा भएको सांसद राइले बताए । उनले अरुण करिडोर निर्माणका लागि ७ अर्ब बजेट विनियोजन गराउन सफल भएको भन्दै खुशी व्यक्त गरे ।

उनले आर्थिक बर्ष २०७५/०७६ मा २ अर्ब ७६ करोड १० लाख ५० हजार, २०७६/०७७ मा १ अर्ब ६३ करोड ४१ लाख ५० हजार, २०७७/०७८ मा ३ अर्ब २ करोड ८८ लाख ५० हजार वजेट ल्याएर योजना कार्यन्वयन गरिएको बताए । साथै, आ.व. २०७८/०७९ मा १२ अर्ब ७९ करोड ७५ लाख र चालु आर्थिक बर्ष २०७९/०८० मा ३ अर्ब ३९ करोड ४० लाख बजेट ल्याउँन सफल भएको उनले बताए । स्थानिय पत्रकारहरुले भने वजेट तथा योजना पालिका स्तरमा काँहा, कसरी, कति वजेटमा कार्यान्वयन भए तथ्यगत ढंगले आउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले वजेट तथा कार्यक्रमहरु सतही ढंगले आएको भन्दै थप प्रष्ट्याउन आग्रह समेत गरेका छन् ।  



  • Dhankutapress

थप