सन्तवीर लामा
धनकुटा/ वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविद्धिलाई नेपालको सामाजिक हितमा प्रयोग गर्नु पर्ने शुक्रवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
धनकुटा नगरपालिकाको आयोजना र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धि इटहरी सुनसरीको आर्थिक सहयोगमा आयोजित वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको रिटर्नी संजाल गठन तथा क्षमता विकास कार्यक्रमा सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् । सो अवसरमा वोल्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापाले वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा गएर बर्षौसम्म वसेर आर्जन गरेको ज्ञान, सिपलाई स्वदेशमा व्यवहारिक रुपमा सामाजिक हितमा प्रयोग गर्न सक्नु पर्नेमा जोड दिए । थापाले भने–“नेपाल सरकारको नीति नै वैदेशिक रोजगारीमा गएर घर फर्किएकाहरुको ज्ञान, सिपलाई व्यवहारिक प्रयोगमा ल्याउने रहेको छ ।” उनले विदेश गएर आएको मात्र नभै विदेश जानेहरु र विदेश गएर पनि दुःख पाएकाहरुलाई यो कार्यक्रम प्रभावकारी रहेको औल्याए ।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको रिटर्नी संजाल गठन तथा क्षमता विकास कार्यक्रमको सहजकिरण धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले गरेका थिए । सो अवसरमा उनले वैदेशिक रोजगारीको वर्तमान अवस्था, वैदेशिक रोजगारीको सकरात्मक प्रभाव, वैदेशिक रोगारीबाट फर्किए पछि कसरी दिगो व्यवसाय गर्ने, वैदेशिक रोजागरीबाट फर्किएकोहरुको समुह वा संजाल गठन गर्नु पर्ने आवश्याक्ता, महत्व र उदेश्यहरुको वारेमा सहजीकरण गरे । साथै, अधिकारीले नेपालीहरुले विश्वको १ सय १० देशमा रोजगारीमा जान सक्ने र हालको अवस्थामा कुल जनसंख्याको ५६ प्रतिसत वैदेशिक रोजगारीमा निर्भर रहेको तत्थ्य पनि सार्वजानिक गरे । सहजीकरणको क्रममा अधिकारीले वैदेशिक रोजगारीले गर्दा नेपालीहरुको आर्थिक, सामाजिक र साँस्कृतिक संरचनामा समेत परिवर्तन आएको वताए । उनले नेपाली अर्थतन्त्रलाई पनि गतिशिल र चलायमान वनाएको स्पष्ट पारे ।
वैदेशिक रोजगारीले गर्दा महिला घरमुली २५.७ प्रतिसतले वृद्धि भएको र महिलाको सम्पतिमा २६ प्रतिसत स्वमित्व ग्रहण गरेको अवस्थामा महिला श्रम सहभागिता पनि ५४ प्रतिसत रहेको वताइएको छ । सो क्षमता विकास तथा सञ्जाल गठन कार्यक्रममा धनकुटा–५ का रेवती अधिकारी, धनकुटा–६ का मनिकुमार राई, सुमिन्द्र कुमार राई, तुलसी ढुङ्गाना, धनपा–७ का ठगेन्द्र लिम्वु, धनपा–१ का कुमार राई लगायतले लामो समय वैदेशिक रोजगारीमा गएर काम गरेको अनुभवहरु सुनाउँदै विदेशमा सिकेको ज्ञान,सिपलाई नेपालमा उपयोग गर्न सके रोजगारी सृजना गर्न सहज हुने धारणा राखेका थिए ।
कार्यक्रमको अन्त्यमा धनपा–५ घर भएका लामो समय वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका कोमल आठपहरियाको अध्यक्षतमा ११ सदस्यीय संजाल गठन गरिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले वताएका छन् । उक्त संजालले पौष महिना भित्र विधान वनाएर वैधानिक रुपमा संस्था दर्ता गरेर अघि वढ्ने निर्णय भएको पनि अधिकारीले वताएका छन् ।
- selokhabar