Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आठराईको दुई भिन्न भिन्नै स्थानका आगलागी पिडित परिवारलाई राहात वितरण

  •   ४ वर्ष अघि | १३ जेष्ठ २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/गएको चैत्र २१ र वैसाख ११ गतेका दिन तेह्रथुमको आठराई गा.पा.वडा नं.७  को दुई भिन्न भिन्न स्थानमा भएको आगलागीबाट पिडित भएका परिवारलाई विहिवार राहात वितरण गरिएको छ । 

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ का अध्यक्ष एवम् ब्लाष्टकर्मी सन्तवीर लामाको अगुवाईमा दुई आगालागी पिडित परिवारलाई नगद र खाद्यन्न वितरण गरिएको हो । आगलागी पिडित तेह्रथुमको आठराई गा.पा. वडा नं.–७ थोक्लुङ कर्कलेका तिल वहादुर बल तामाङको परिवारलाई राहात प्रदान गरिएको हो । राहात संकलनको लागी पुर्खौली घर थोक्लुङको कर्कले भै हाल इटहरी निवासी सुकमान लामाको संयोजकत्वमा तिन सदस्यीय सहयोग समिति गठन गरिएको थियो । सो समितिको सदस्यमा ब्लाष्टकर्मी धनकुाटका लामा र काठमाण्डौमा रहेका वद्री दंगाल रहेका थिए । 

सहयोग संकलन समितिले सामाजिक संजाल मार्फत आगलागी पिडित तिलवहादुर बल तामाङको परिवारको आर्थिक सहयोगको लागी सार्वजानिक रुपमा अपिल गरेका थिए । अपिल गरेनुसार स्वदेश र विदेशबाट गरी ४८ हजार, ३ सय ३ रुपयाँ नगद जम्मा भएको सहयोग संकलन समितिका संयोजक सुकमान लामाले बताए । उनले विशेष गरेर तेह्रथुम जिल्लाको विभिन्न पालिकाबाट तराई झरेका र प्रवासमा रहेका मनकारी दाता महानुभावहरुले सहयोग गरेको वताए । 

सहयोगको लागी काठमाण्डौमा वद्री दंगाल, विश्वजित खड्का, मकाउबाट चुडामणी पराजुली, कोरियाबाट मन वहादुर मोक्तान तामाङ, अष्ट्रेलियाबाट देवेन्द्र कार्की, साउदीबाट मन्तवीर लामा र अमेरिकाबाट राकेश राई (सुनिल) ले आर्थिक सहयोग जुटाउन ठूलो सहयोग पु¥याएको समितिका सदस्य सन्तवीर लामाले वताए । त्यसैगरी सहयोग संकलनको लागी इटहरी स्थित् मणी तितुङ, चन्द्र गोम्देन, तिर्थ मोक्तान, प्रेमकुमारी वल, जन्तवीर लामा, टेकवहादुर लामा, मोरङ गछियाबाट मागीलाल बल तामाङ, इटहरीका नरेन्द्र चम्लागाँई, धनकुटाको हिलेबाट जमुना थिङ तामाङ, धनकुटाबाट तुलसी वाह्रकोटी लगायतको महत्वपुर्ण योगदान रहेको थियो ।

यसैक्रममा आठराई गा.पा. वडा नं.७ पिप्लेका दलवहादुर रसाईलीको अग्नी पिडित परिवारलाई अष्ट्रेलियाबाट देवेन्द्र कार्कीले छुट्टै ५ हजार नगद सहयोग गरेका थिए । सो रकम पनि सहयोग संकलन अभियानका सदस्य सन्तवीर लामाले स्थानिय वुद्धिजिवी नन्द तामाङको उपस्थितिमा दलवहादुर रसाईलीको घरैमा गएर प्रदान गरेका थिए ।     


  • Dhankutapress

थप