Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटामा नेकपा (एमाले) को ८ औं जिल्ला अधिवेशन सम्पन्न

नवनिर्वाचित अध्यक्षले पत्रकार सम्मेलन मार्फत दिए धन्यवाद्

  •   २ वर्ष अघि | १८ जेष्ठ २०८१, शुक्रबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाको ८ औं जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भन्दै शुक्रवार पत्रकार सम्मेलन मार्फत सवैलाई धन्यवाद् दिएको छ । यहि जेठ १२ र १३ गते सम्पन्न उक्त अधिवेशनलाई पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले उद्धघाटन गरेका थिए ।  

अधिवेशनमा जिल्ला भरिबाट छानिएका ५४८ जना प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । एमालेका यूवा नेता शिव आङ्गला लिम्बूको अध्यक्षतामा ५ जना पदाधिकारीसहित ९० सदस्यीय नयाँ जिल्ला समिति चयन गरिएको छ । समितिमा एक जना उप–सचिवसहित ७ जना दलित र अर्का एक जना उपसचिवसहित ३१ जना महिला निर्वाचित भएका छन् ।

यसैगरी, खेमनाथ घिमिरेको संयोजकत्वमा ५ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ । अधिवेशनको वन्द सत्रमा लोकतान्त्रिक विधि अपनाउने क्रममा केही पार्टी भित्रका जिम्मेवार कमरेडहरूलाई बाहिर राख्नु परेको छ । तर, निकट भविष्यमा नै उनीहरूलाई समेटिने नवनिर्वाचित नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्गला लिम्वूले बताएका छन् ।  

अधिवेशन सम्पन्न गर्न सघाउने पार्टीका केन्द्रिय निर्वाचन आयोग, केन्द्रीय नेतृत्व, निवर्तमान जिल्ला नेतृत्व, स्वयंसेवकहरू र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरिएको विज्ञप्तिमा उल्लेख छ । एमाले धनकुटाले आगामी दिनमा पार्टीलाई सुदृढ बनाउँदै आफ्नो पार्टीको मिसन ८४ को लक्ष्यप्राप्तिका निम्ति दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

नवनिर्वाचित अध्यक्ष शिव आङ्गला लिम्वूको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष चिन्तन तामाङ, सचिव पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा लगायत पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । 

  • Dhankutapress

थप