Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

एमाले धनकुटाको अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्वत चयन

सबैखाले चुनौतिको सामना गर्न नयाँ नेतृत्व तयार रहेको दाबी

  •   ५ वर्ष अघि | २५ पुस २०७८, आइतवार

धनकुटा प्रेस सम्बादाता 

धनकुटा/नेकपा एमाले जिल्ला कमिटी धनकुटाको अध्यक्षमा युवा नेता इन्द्रमणी पराजुली सर्वसम्वत रुपमा चयन भएका छन् ।

एमाले धनकुटाको सनिवार राती सम्पन्न सातौं जिल्ला अधिवेशनको वन्दसत्रले १ नम्वर प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीलाई सर्वसम्त रुपमा अध्यक्षमा चयन गरेको हो । नेकपा एमाले धनकुटाले जिल्ला अधिवेशन पश्चात आईतवार अपरान्ह पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । 

जिल्ला कमिटीको उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई, उप–सचिवमा शिव आङ्गला, शुष्मा राईलाई चयन गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ । पत्रकार सम्मेलनमा १ सय ३० सदस्सीय जिल्ला कमिटी चयन भएको वताइए पनि पदाधिकारी वाहेकको जिल्ला कमिटी सदस्यहरुको नामवली भने सार्वजानिक गरिएको छैन । 

पत्रकार सम्ेमलनमा वोल्दै नवनिर्वाचित अध्यक्ष इन्द्रमणी पराजुलीले २ दिनसम्म संचालन भएको जिल्ला अधिवेशनको वन्दसत्रले मुलुकको समसामयिक विषयमा छलफल गरी प्रस्तावहरु पारित गरिएको बताएका छन् । जारी विज्ञप्तीमा वर्तमान गठवन्धनको सरकारले धनकुटा जिल्लाको विकास निर्माणको लागी अघिल्लो सरकारले विनियोजन गरेको ५ अर्ब रकम कटौती गरीएको भत्र्सना गरिएको छ । सरकारले गृह मन्त्रालय मार्फत सिमना तथा राष्ट्रियताको विषयलाई लिएर छिमेकी राष्ट्रहरु प्रति कुरा उठाए कडा कार्वाही गरिने सरकारको अभिव्यक्ति प्रति वन्दसत्रमा खेत प्रकट गरिएको विज्ञप्तीमा जनाइएको छ ।

 

विज्ञप्तीमा वर्तमान सरकारले नेपाली नागरिकता, पासपोर्ट जस्ता जिल्ला प्रशासन  कार्यालयबाट वितरण गरिने सेवामा ढिलासुस्ती गरेर सार्वजानिक महत्वका काम कार्वाहीमा जिम्मेवार नभएको भन्दै गम्भिर ध्यान आकर्षण गराइएको छ । पत्रकार सम्मेलन वोल्दै नवनिर्वाचित अध्यक्ष इन्द्रमणी पराजुलीले नेकपा एमाले धनकुटाको नयाँ नेतृत्व सवै खालै चुनौतिको सामना गर्न तयार रहेको दावी गरे । उनले लोकतन्त्रको सवै भन्दा उच्चतम विधि अपनाएर सर्वसम्त रुपमा विना विवाद नेतृत्वको चयन गर्न सफल भएको पनि अध्यक्ष पराजुलीको भनाई थियो । 

नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र कुमार राईको प्रमुख आतित्थ्यमा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य तथा सह–इन्जार्च शकुन्तला बस्नेत, जिल्ला उपाध्यक्ष चिन्तन तामाङ, सचिव निरन राई, उप–सचिव शिव आङ्गला, शुष्मा राई लगायतको उपस्थिति रहेको थियो ।  


  • dhankutapress

थप