धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.७ स्थित् नर्वदेश्वर शिवालय मन्दिरमा संचालन भैरहेको जीवनयोग प्रयोगशालामा उच्च अदालत विराटनगर धनकुटा इजलासको पनि वुधवार उपस्थिति रह्यो । जीवनयोग प्रयोगशालामा प्रमुख अतिथिको रुपमा उच्च अदालत धनकुटाका माननिय मुख्य न्यायधिश राम वहादुर थापा मगर, माननिय न्यायधिशहरु अञ्जु उप्रेती ढकाल, माननिय न्यायधिश फूर्पा तामाङ, रजिस्टार रुद्रमणी गिरी लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि माननिय मुख्य न्यायधिश रामवहादुर थापा मगरले अदालतले प्रदान गर्ने सेवा प्रवाह, सर्वसधारण नागरिकको अदालत प्रतिको वुझाई के छ भन्ने वारेमा जीवनयोग प्रयोगशालामा सहभागी माँझ प्रकास पारेका थिए ।
सोही क्रममा अन्तरपार्टी महिला संजाल धनकुटाकी अध्यक्ष अम्विका धमला, सहभागी सरिता लक्ष्मी श्रेष्ठ, धनकुटा शाखाका जीवनयोग प्रयोग शाला धनकुटाका अध्यक्ष राधा तिम्सिना, सचिव हरी भण्डारी र फोनिज १ नम्वर प्रदेश अध्यक्ष सन्तवीर लामा लगायतले अदालती सेवा प्रवाहका वारेमा जिज्ञासा राखेका थिए । जीवन योगशालाका इटहरी सुनसरीबाट पाल्नु हुने कल्याण गुरु केदार लामा कार्की र शुसिला मैया शाही कार्कीले सहभागी सवैलाई करिव १ घण्टासम्म योग ध्यानको अभ्यास गराएका थिए ।



- Dhankutapress