धनकुटा प्रेस सम्वाददाता
धनकुटा/तेइस बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष ३८ वर्षीय चरे भनिने सन्तोष राईलाई प्रहरी शनिबार राति पक्राउ गरेको छ ।
पीडित महिलालाई आरोपित राईले शुक्रबार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित राई विरूद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि राई पक्राउ परेका हुन् । वडाध्यक्ष राईलाई सनिवार मध्य राती ११.३० वजे धनकुटा–७ चुलिवनबाट साथिको डेरामा वसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपित राईलाई अनुसन्धानका लागि धनकुटा–७ चुलिवनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीबी दाहालले बताएका छन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल धनकुटामा आइतबार विहान गरिएको छ ।
राईले ती युवतीलाई तेह्रथुमको बसन्तपुर स्थित ताप्लेजुङ होटलमा पु¥याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ । धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर बसन्तपुर पु¥याईएर होटलमै बन्धक बनाइ राखि बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।
पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल तेह्रथुम जिल्लाको वसन्तपुरमा भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई आईतार दिउँसो जिम्मा लगाइएको डिएस्पी दाहालले वताएका छन् । घटनाका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।
- Dhankutapress