Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

भेडेटार रवि-राँके सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध

  •   २ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटाको भेडेटार रवि राँके जोड्ने सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सो सडक खण्ड अन्तर्गत साँगुरगढी गाउँपालिका ५ डाँडाबजार छेउको लुङ्फाजोङ खण्डमा गएराती ८ बजे सुख्खा पहिरो झरेको छ । जसका कारण आज विहानदेखि नै सडक अवरुद्ध भएको छ ।

भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमी लम्बाइको उक्त सडक फराकिलो बनाउँदा डाडा कटिङ गरेको स्थानमा सुख्खा पहिरो गएको हो । यो सडक खण्डमा दैनिक दर्जनौं सवारीसाधन सञ्चालन हुने गरेका छन् । तर, ठूलो सुख्खा पहिरो गएकाले पहिरो हटाउन नसक्दा आज बिहानदेखि नै सवारी आगमन ठप्प भएको प्रहरी चौकी डाडाबजारका बरिष्ठ हवल्दार नारायणबहादुर कट्वालले जानकारी दिए ।

धनकुटाको भेडेटारबाट पाँचथरको रवि हुँदै राँके जोड्ने एक सय किलोमिटर सडकले मोरङ र इलामलाई समेत समेट्छ । यो सडक खण्डमा धनकुटाको राजारानी, ६ नम्बर बुधबारे, कुरुलेतेनुपा, मौनाबुधुक, बोधे लगायत पाँचथरको रवि राँकेसम्म झण्डै २६ वटा ठूला बस चल्ने गरेका छन् भने ३० वटा पिकअप चल्ने गरेको छ । सबै सवारी साधनहरु वैकल्पिक मार्ग हुँदै गन्तव्यतर्फ गएका छन् ।

एक्जिम बैंक अफ इन्डियाको तीन अर्ब ६५ करोड रुयैयाँ लागतमा अहिले यो सडक स्तर उन्नति गर्ने काम भइरहेको छ । सो सडक खण्डमा माथिबाट सुख्खा पहिरो खसेपछि सडक निर्माण गरिरहेको भारतको एप्को इन्फाटेक कम्पनीको जेसीवीले बिहानैदेखि पहिरो पन्छाइरहेको छ । तर अहिले पनि सुख्खा पहिरो गइरहेकाले पहिरो पन्छाउन समस्या भएको र आज पहिरो पन्छाइसक्ने सम्भावना नरहेको साँगुरीगढी गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष खड्ग लिम्बुले जानकारी दिए ।

एप्को इन्फाटेक निर्माण कम्पनीले २०७८ मंसिरसम्ममा दुवैतर्फ एक/एक मिटर नालीसहित सडक कालोपत्रे गरिसक्नेगरी २०७५ सालमै सम्झौता गरेको थियो । तर निर्माण कम्पनीले सडक निर्माणको काममा विलम्ब गर्दा पटक/पटक सडक अवरुद्ध हुँदै आएको छ ।

  • dhankutapress

थप