धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/सहिदभुमि गााउपालिका वडा नं ३ मा एजेन्सी फर कमम्युनिटि डेभलपमेण्ट चेन्ज सामुदायिक विकास तथा परिवर्तन केन्द्र नेपाल (ब्ऋम्ऋ) को आयोजनामा कानुनी सचेतना कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
महिला दिदिबहिनिहरुलाई कानुनि कुराहरु सिकाउने उद्धेश्यले आयोजना गरेको कार्यक्रम वडा नं ३ मा दुई दिनसम्म कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
सहिदभूमि गा.पा. वडा नं. ३ का वडाध्यक्ष होमनाथ राईको अध्यक्ष्तामा सञ्चालित सचेतना कार्यक्रममा वडा भित्रका ८० जना महिलाको सहभागिता थियो । सो कार्यक्रमको सहजिकरण पर्डेप नेपालका कार्यकारी निर्देशक मीन सुवेदी र हुसाडेक नेपालका खेम घिमिरेले गरेका थिए । कार्यक्रममा महिला हक अधिकार, महिला हिंसा,महिला मैत्रि कानुन महिला सहभागिता,महिला हिंसा नियन्त्रणका लागि कानुनी व्यवस्था लगायतको बारेमा सहजिकरण गरेका थिए ।
सचेतना कार्यक्रम समापनको अवसरमा वोल्नु हुँदै सहिदभुमि गाउपालिका अध्यक्ष मनोज राईले महिला विरुद्ध हुने विभिन्न हिंसा,अधिकार र कानुनी कुरामा सबै जानकार हुन आवाशयक रहेको औल्याए । उनले यस्ता कार्यक्रमलाई गाउँपालिकाले प्राथमितामा राखेर अघि वढाउने बताए ।
- Dhankutapress