Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

नगर प्रमुखको नाममा गल्लीको नामकरण गरे पछि

  •   ५ महिना अघि | १४ पुस २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.३ स्याउलेमा रहेको ज्वालादेवी प्रावि झर्ने गोरेटो बाटोलाई ‘चिन्तन तामाङ गल्ली’ नामकरण गरिएको होर्डिङ्ग वोर्ड सामाजिक संजालमा सार्वजानिक भएपछि हल्लीचल्ली मच्चिएको छ । 

खास गरी धनकुटा न.पा.३ को वडा कार्यालय कागते देखी सोही वडाको स्याउलेमा रहेको ज्वाला देवी प्रावि झर्ने गोरेटो बाटोको नाम ’चिन्तन तामाङ गल्ली’ नामकरण गरिएपछि नगरवासीमा हल्लीचल्ली मच्चिएको हो । होर्डिङ्ग वोर्डमा चिन्तन तामाङ गल्ली धनकुटा–३ स्याउले हार्दिक स्वागत गर्दछ लेखिएको छ । यसरी सामान्य गाउँघरमा तलमाथि गर्ने गोरेटो बाटोलाई नगर प्रमुख कै नाममा नामकरण गर्नु कति शोभनिय र न्यायोचित देखिन्छ त भन्ने प्रश्न उठेको छ । 

‘चिन्तन तामाङ गल्ली’ भनेर नामकरण गर्नु कति उचित र न्यायोचित थियो भनेर त भन्ने विषयमा वौद्धिक नगरवासीले अवश्य मूल्याङ्गकन गर्लान । विहिवार साँझ नेपाली कांग्रेसका सभापति दिनेश राईले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई वधाई छ भनेर तस्विर आफ्नो फेसवुकको वालमा पोष्ट्याए पछि चर्चा र चासोको विषय बनेको हो । अहिले पनि सभापति दिनेश राईको फेसवुक वालामा उक्त होर्डिङ्ग वोर्डको पोष्ट देख्न सकिन्छ । तर, धनकुटा न.पा.–३ स्याउलेमा भने उक्त वोर्ड शुक्रवार विहान देखि हटाईएको छ । 

होर्डिङ्ग वोर्ड समाजिक संजालमा सार्वजानिक भए लगत्तै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आफ्नो फेसवुक वालमा प्रतिक्रिया जनाएका छन् । नगर प्रमुख तामाङले भनेका छन्–‘मलाई थाहा छैन, यो कस्ले र किन राख्यो तर, जस्ले यो ग¥यो म यस्लाई तुरुन्त हटाउन अनुरोध गर्दछु ।’ उनले यो आग्रह गरे लगत्तै होर्डिङ्ग वोर्ड भने स्याउलेको गल्लीबाट हटेको छ । नगर प्रमुख भनेको जिम्मेवार सार्वजानिक पद हो, व्यक्ति हैन संस्था हो भन्ने सवैलाई थाहै छ । 

‘यति हुँदाहुँदै पनि सम्वन्धित पक्षसंग विना जानकारी गोरेटो बाटोलाई ‘चिन्तन तामाङ गल्ली’ भनेर नगर प्रमुख पदको मानमर्दन हुने गरी नामकरण गरिनु ठिक हैन’ –उनले भने । ‘होर्डिङ्ग सामाजिक संजालमा आएपछि सकरात्मक सुझाव सहितको टिप्पणी र खिल्ली उडाउने ढंगले नकरात्मक टिप्पणी पनि आएका छन्’–यस्लाई आफूले गम्भिर ढंगले लिएको प्रमुख तामाङले बताए । उनले भने–‘नगरवाट पैसा लाने, योजना फत्ते गर्ने अनि नगर प्रमुख कै बदनाम हुने गरी गल्लीसंग जोडेर नामकरण गर्नु खराव नियतले हो ।’  

उता नेपाली कांग्रेसका सभापति दिनेश राईले भने–‘पत्रकारहरु केहि लेख्दैन्न सवै विकेका छन्, त्यसैले मैलै आफैले लेखेको हुँ ।’ राईले थपे–‘ धनकुटा नगरपालिकामा विकास निर्माणको काम देखिने गरी केहि गरेका हैनन्, त्यहि गल्लीसम्म बनाउन भ्याएछन् ।’  दुई पटकको स्थानिय तहको चुनावको प्रतिपक्षको नाताले लेखेको राईले जिकिर गरे । 

वास्तविक भने यस्तो थियो 

नगर प्रमुखको नाममा होर्डिङ्ग वोर्ड राखिएको स्थान धनकुटा नगरपालिका वडा नं.३ स्याउलेमा हो । धनपा–३ को वडा कार्यालय कागतेबाट ओरोलो झर्दा यहि गोरेटो बाटो भोजपुरे टोल हुँदै ज्वाला देवी प्रावि, शिवालय मन्दिर र स्वास्थ्य चौकी पुगिन्छ । उक्त गोरेटो बाटो भोजपुरे गोलाई देखि स्याउले ज्वाला देवी प्राविसम्म १ सय ३ मिटरको दुरी रहेको छ । गोरेटो बाटोमा आवाजावत गर्न अति समश्या भएपछि स्थानियले सिडि बनाउने योजना अघि सारेको स्थानिय नगेन्द्र घिमिरेले बताए । घिमिरेका श्रीमती लक्ष्मी साप्कोटा घिमिरे वाल सहितको सिडी निर्माण तथा खोल्सी ढलान उपभोक्ता समितिका अध्यक्ष हुन् ।

उक्त कार्यको लागि आ.व.०७८/०७९ मा धनपा वडा नं.३ को वडाको वजेट १ लाख, ५० हजारबाट सिडी निर्माण तथा वाल लगाउने कार्य थालिएको उपभोक्ता समितिका अध्यक्ष साप्कोटाले बताईन । धनकुटा न.पा. वडा नं.३ का वडाध्यक्ष विकास घिमिरेले शुरुमा वडाको वजेट सिडिको काम थालेको वताए । गल्लीमा वोर्ड राखिएको विषयमा वडाध्यक्ष घिमिरेलाई धनकुटा प्रेसले जिज्ञासा राख्दा आफूले पनि वोर्ड राखेको देखेपछि त्यसो नगर हटाउन स्थानियलाई आग्रह गरेको वताए । 

त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष साप्कोटाले आ.व.०७९/०८० मा धनकुटा नगरपालिकाबाट ४ लाख वजेट उपल्ध गराएको वताईन । चालु आ.व.०८०/०८१ मा २ लाख गरी ७ लाख ५० हजारको लागतमा १ सय ३ मिटर लामो वाल सहितको सिडि निर्माण तथा खोल्सी ढलान गर्ने कार्य सम्पन्न गरिएको उनले बताईन । उनले चालु वर्षको २ लाख बजेटमा २२ हजार, जनश्रमदान थियो तर, १३ ट्याक्टर ढुङ्गा र ५२ हजार नगद वढी लागेको बताईन । यो वर्षको बजेटले निर्माण कार्य सकेको करिव डेड महिना भैसकेको साप्कोटाका श्रीमान नगेन्द्र घिमिरेले बताए । 

धनकुटा नगरपालिकाकाको सहयोगमा जोखिमयुक्त गोरेटो बाटोको सिडी, वाल सहित खोल्सी ढलान निर्माण कार्य १ महिना अघि सम्पन्न गरिएको अध्यक्ष साप्कोटाले बताईन । गोरेटो बाटोमा नगर प्रमुख चिन्तन तामाङकै नाममा नामकरण गरिएको वोर्ड किन राखियो त भन्ने धनकुटा प्रेसको प्रश्नमा अध्यक्ष साप्कोटाले आफूलाई भने थाहा नभएको बताईन । 

तर, साप्कोटाका श्रीमान नगेन्द्र घिमिरेले भने कसैको उक्साहटमा नभै राम्रो कामको लागि नगर प्रमुख तामाङले सहयोग गरे भनेर सम्मान स्वरुप ‘चिन्तन तामाङ गल्ली’ नामकरण गरेर होर्डिङ्ग बोर्ड राखेको बताए । घिमिरेले आफै शुशिल आर्ट धनकुटा–६ मा गएर प्रिन्ट गरेर ल्याएर कोर्ड राखेका थिए । घिमिरेले थपे–‘तिन÷चार दिन अघि नेकपा माओवादीका नेता हिमाल सुवेदी, स्थानिय राकेश वराईली लगायतका आएर फोटा खिचेर लगेका थिए ।’

’पछि थाहा भयो फेसवुकमा हालेर मेयर सावको ट्रोल बनाएछन्, त्यस्तो होला भन्ने आफूलाई नलागेको‘–घिमिरेले थपे । उनले फोटो खिचेर लगेको भोली पल्ट होर्डिङ्ग वोर्ड राखेको देखेर मलाई रातभरी निन्द्रा लागेन भन्दै पुनः आएर माओवादी नेता सुवेदीले सोधीखोजी गरेर गएको वताए । त्यस पछि ककस्ले कहाँ के गरे आफूलाई थाहा नभएको जिकिर गरे । वोर्ड चाँही कस्ले हटायो त भन्ने धनकुटा प्रेसको जिज्ञासा साथीभाई छरछिमेकी आएर हटाउनु भने पछि आफैले हटाएको वताए ।  

  • Dhankutapress

थप