Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगर सभाको १५ औं अधिवेशन वुधवार सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगर सभाले विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका विविध निर्णयहरू अनुमोदन गरेको छ ।

नगर सभाले धनकुटा नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को संशोधित विनियोजन ऐन, दृष्टिबन्धक समस्या समाधान सम्बन्धी कार्यविधि, प्रज्ञा प्रतिष्ठान ऐन, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन, राजस्व ऐन, सवारी तथा यातायात व्यवस्थापन ऐन, आधारभूत स्वास्थ्य (सञ्चालन तथा व्यवस्थापन) ऐन पारित गरेको छ । त्यस्तै, २०८१ साउन १ देखि पुस ७ गतेसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरू नगर सभाले अनुमोदन गरेको छ ।

    कार्यपालिकाबाट स्वीकृत भई सभामा पारित गर्नका लागि उप–प्रमुख भीमादेवी खनालले संशोधित विनियोजन ऐन प्रस्तुत गरेकी थिइन् । पारित कार्यविधि तथा ऐनहरू विधायन समिति सदस्यहरू रसबहादुर आठपहरिया, कृष्णमाया श्रेष्ठ, जमसेर आठपहरिया, टंक रोइला, मन्जु कार्की र मनकला लङ्गवा लिम्बुले प्रस्तुत गरेका थिए ।

  • dhankutapress

थप