धनकुटा प्रेस सम्वाददाता
छिन्ताङ/सहिदभूमि गाउँपालिकामा संयुक्त लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसद्वारा विजयी नव निर्वाचित जन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सहिदभूमिको पिप्लेमा मंगलवार सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ सहिदभूमि गाउँ कार्यसमितिको आयोजनामा वधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि १ नं प्रदेश शिक्षक संघका अर्थ महासचिव राम कुमारी भण्डारीले संयुक्त लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजयी हुनु हुनेहरुलाई बधाई तथा जनसेवकको रुपमा काम गरि नयाँ र फरकपना प्रदान गरेर काम गरि कार्यकाल सफल बनाउन समेत शुभकामना ब्यक्त गरे।
नेपाली कांग्रेस सहिदभूमिका सभापति टंक राईले संयुक्त लोकतान्त्रिक गठबन्धन भनेको ओली प्रवृतिको विरुद्धमा देशैभरि भएको एक खाले गठबन्धन भएको र त्यसैको परिणाम स्वरुप सहिदभूमिमा समेत कांग्रेसले समेत विजयी हासिल गरेको कुरा बताउँदै विजेता साथीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे।
सहिदभूमि गाउँपालिका नेकपा एमालेको लालकिल्ला नभइ डनकिल्ला भएको नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राईले बताउदै डन किल्ला भत्काउन सफल हुनु हुने संयुक्त लोकतान्त्रिक गठबन्धनका तर्फबाट वडा अध्यक्ष र सदस्यज्यूहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सहिदभूमि गाउँपालिकालाई समुन्नत वडा र गाउँपालिका निर्माणको लागि संयुक्त गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट निर्वाचित भएका वडाअध्यक्ष, वडा सदस्यहरुबाट जनकेन्द्रित कार्यक्रमहरु लिएर काम गर्न आग्ह गरिएको छ । त्यसैगरी नेपाली कांग्रेस पार्टीलाई उच्च स्थान प्रदान गर्न समेत काम गर्न पर्ने दिन आएको नेपाली कांग्रेस जिल्ला सदस्य तोर्ण बहादुर खड्का,योगेन्द्र राई लगायतले वताएका छन् ।
कार्यक्रममा सहिदभूमि गाउँ कार्यसमितिका सचिव दिपेन्द्र राई,वडा नं १ का सभापति भीमनाथ खड्का,वडा नं २ का सभापति दूर्गा विष्ट,वडा नं ३ का सभापति रत्न राई वडा नं ४ का सभापति सन्तोष राई, वडा नं ५ का वडा सभापति कनक राई, नेपाल शिक्षक संघका सल्लाहकार केशव कट्टेल, दिल बहादुर लम्जेल,उपाध्यक्ष उद्वाप खड्का,अर्थ महासचिव सन्तोष तामाङ, सचिव दुर्गादेवी कार्की,लगायतकाको उपस्थिति रहेको थियो ।
नेपाल शिक्षक संघ सहिदभूमि गाउँ कार्यसमितिका अध्यक्ष लोकेन्द्र तेले राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शोभा राईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम संचालन नेपाल शिक्षक संघ सहिदभूमि गाउँ कार्य समितिका सचिव प्रेम कुमारी राईले गरेका थिए। कार्यक्रमको धन्यवाद ज्ञापन नेपाल शिक्षक संघ सहिदभूमि गाउँ कार्यसमितिका सल्लाहकार केशव कट्टेलले व्यक्त गरेका थिए।
- Dhankutapress