Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

खाँडी कपडा बुन्ने एक महिने तालिम सम्पन्न

  •   २ वर्ष अघि | २ फाल्गुन २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.८ कार्यालयले परम्परामा आधारित घरेलु उद्योगलाई प्रवद्धन गर्ने उदेश्यले आयोजना गरेको १ महिने खाँडी कपडा बुन्ने तालिम शुक्रवार सम्पन्न भएको छ । स्थानीय किसानले उत्पादन गरेको कपासबाट खाँडी कपडा उत्पादन गर्ने उदेश्यले धनपा–८ वडा कार्यालयले आ.व.०८१/०८२ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमबाट तालिम आयोजना गरेको हो । परम्परागत प्रविधिलाई उपयोग गर्दै नयाँ पुस्तालाई घरेलु उद्योगबाट खाडी कपडा वुन्ने सिप हस्तान्तरण गर्न तालिम आयोजना गरिएको धनपा–८ की वडासदस्य लालकुमारी आठपहरियाले बताईन । वडासदस्य आठपहरियाले भनिन्–‘आठपहरिया जातिले लगाउने भेषाभुषा खाँडी कपडाबाटै निर्माण गर्नु पर्ने भएकाले हरेक वर्ष वडाले तालिम आयोजना गर्दै आएका छौं ।’ उनले थोरै बजेटले भएपनि हरेक वर्ष घरेलु र परम्परागत पद्धतिबाट तान बुन्ने तालिम आयोजना गरेर हराउँदै गएको सिपलाई बचाउँने प्रयास गरिरहेको बताईन । 

तालिमको स्थायिन आयोजक ‘जुगमाया आठपहरिया घरेलु उद्योग’ धनपा–८ तेत्रिदाङ्गले गरेको थियो । तालिम आयोजक संस्थाका प्रोपाईटर जुगमाया आठपहरियाले भनिन्–वडाले १ महिने तालिमको लागि १ लाख रुपयाँ सहयोग गरेको थियो र हामीले उक्त पैसाले १ महिने तालिम संचालन गरेका छौं ।’ उनले तालिममा स्थानिय उत्पादन कपासबाट धागो कात्ने, पुला बनाउने, धागो निकाल्नको लागि टुकि बनाउने, रुवा फिटेर धागो कात्ने र तान लगाउने सिप प्रशिक्षार्थिलाई प्रदान गरिएको बताईन । वडा कार्यालयको १ लाख आर्थिक सहयोगले १९ जना प्रशिक्षार्थिहरुको लागि ४०/४० हात लामो ५ थान तान लगाएको भएपनि यो वर्ष ८ जनाले मात्र तालिममा भाग लिएको जुगमायाले बताईन ।

खाँडी कपडाको तान बुन्नको लागि वडाले दिएको सहयोगले रेली धागो र स्थानिय कपास खरिद गरेको जुगमायाले बताईन । जुगमायाले आफै खाँडी कपडा (तान) बुन्ने तालिमको प्रशिक्षक हुन् । उनले खाँडी कपडा बुन्दा तनौटो रेली धागोमा तान लगाएर बुनौटो कपासबाट बनेको धागोले बुन्ने गरेको बताईन । त्यसो गर्दा खाँडी कपडा न्यानो, दह्रो र चम्किलो हुने गर्दछ । तालिममा आज्ञाश्वरी आठपहरिया, पूर्णश्वरी आठपहरियाले पनि १ महिनासम्म घरेलु तान वुन्नको लागि प्रशिक्षार्थिहरुलाई सहजीकरण गरेका थिए । तालिम समापनको क्रममा धनपा–८ कि वडासदस्य लालकुमारी आठपहरिया र तालिम आयोजक संस्थाका प्रोपाईटर जुगमाया आठपहरियाले प्रशिक्षार्थिहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए । 


  • dhankutapress

थप