Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

प्रहरीले अबैध भन्दै चिलाउनेको काठ बरामद

काठ मिल संचालक मिश्रले भ्याट बिल नदिएको गुनासो

  •   १ वर्ष अघि | १२ जेष्ठ २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा /जिल्ला प्रहरी कार्यालय धनकुटाको गस्ती टोलीले धनकुटा नगरपालिका वडा नं.४ बाट आइतबार अवैध चिलाउनेको चिरान काठ बरामत गरेको छ । 

धनकुटा नगरपालिका वडा नं.४ स्कुलडाँडा स्थित् शिलढुङ्गा वन क्षेत्रमा पर्ने धनकुटा–हिले सडक खण्डबाट चेकजाँचको क्रममा चिलाउनेको चिरान काठ दलिन ९३ थान, बटम १८ थान र तखता ५ थान बरामत गरिएको जिल्ला प्रहरी कार्यालयका इनेस्पेक्टर विष्णुवहादुर खड्काले बताए । उनले को २ च १५०३ नम्वरको पिकअफ गाडीमा बिना कागजपत्र र विल भर्पाई बिना चिलाउनेको चिरान काठ मुलघाट तर्फ लाँदै गरेको अवस्थामा चेकजाँचको क्रममा पक्राउ गरिएको बताए ।

सव डिभिजन बन कार्यालय कागतेका बन अधिकृत पदम खड्काले बरामद भएको चिलाउनेको चिरान काठहरु विभिन्न साईजको रहेको बताए । चिलाउनेको काठ प्रहरीले वरामद गरेर ल्याएको र डिभिजन बन कार्यालय धनकुटामा मुजुल्का सहित बुझाएकाले आवश्याक अनुशन्धान भैरहेको बन अधिकृत खड्काले बताए । उनले बरामद भएका चिलाउनेको चिरान काठको आवश्याक कागजात नपुगे बन ऐन बमोजिम कार्वाही हुने बताए । उनले अवैध रुपमा काठ बोकेर सहिदभूमि गाउँपालिकाको वडा नं.७ साप्तिटार तर्फ जाँदै गरेको पिकअफ गाडीका चालक वर्ष ३२ का प्रेमकुमार राई, सह–चालक रुद्रमान राईलाई आवश्याक अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको बताए । 

यता काठ धनि सहिदभूमि गाउँपालिका वडा नं.७ साप्तिङ्गटार घर भएका लाखमान राईले आफूले धनकुटा–३ कागतेका बाबुराम मिश्रको काठ मिलबाट चिलाउनेका विभिन्न साईजको काठ ५३ हजारमा खरिद गरेर ल्याएको बताएका छन् । उनले भने–‘आफूलाई काठ मिल संचालक मिश्रले काठ खरिद गरे वापत नगद लिए पनि विल दिएन्न ।’ 

आफूलाई चिलाउनेको काठ खरिद गर्दा बिल चाहिन्छ भन्ने समेत थाहा नभएको राईले बताए । उनले घर बनाउनको लागि काठ खरिद गरेको बताएका छन् । राईले आफू मिल संचालक बाबुराम मिश्रको कारण प्रहरीको फन्दामा परेर दुःख पाएको बताए ।

  • dhankutapress

थप