धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनुकटा/धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित जितपुर बजारमा स्थनिय प्रशासनले विहिवार छडके बजार अनुगमन गरेको छ । महालक्ष्मी नगरपालिकाको मुख्य सदरमुकाम जितपुरमा स्थानिय प्रशासनले निक्कै लामो समय पछि बजार अनुगमन गरेको हो ।
धनकुटा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रामाझीको अगुवाईमा जितपुर क्षेत्रका करिब डेडदर्जन भन्दा बढी किराना तथा खुद्र पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजार क्षेत्रमा रहेका किराना तथा खुद्रा पसलहरुबाट म्याद गुज्रेका अखाद्य बस्तु जफल गरिएको थियो । पसलबाट कोक, फेन्टा, डिउ, मिरिन्डा र स्प्राईट लगायतका म्याद गुज्रीएका वहुराष्ट्रिय कम्पनीका पेय पदार्थ फेला परेका थिए ।
त्यस्तैगरी अनुगमन टोलीले अधिकांश पसलमा बिस्कुट बेकरी जन्य बस्तु, सस लगायतका म्याद गुज्रेका अखाद्य बस्तु फेला परेको थियो । उक्त जफत गरिएको बस्तु जितपुर स्थित प्रहरी चौकी परिसरमा संकलन गरेर जलाएर नस्ट गरिएको थियो । त्यस्तै मूल्यसुची टाँस नगरीएका अधिकांस पसलहरुमा मुल्यसुची टास गर्न र स्थानिय सरकार वा घरेलु तथा साना उद्योगमा दर्ता नभैइ संचालन गरीएका पसलहरुमा दर्ता गरेर मात्र संचालन गर्न अनुगमन टोलीले निर्देशन दिएको थियो ।
सोही क्रममा स्थानिय व्यपारीहरुलाई पसलहरुमा म्याद गुज्रीएका अखाद्य बस्तु बेच बिखन नगर्न सुझाव दिईएको अनुगमन टोलीका प्रमुख एवं धनकुटा जिल्लाका सहायक जिल्ला प्रमुख अधिकारी सहदेव रायमाझीले बताए ।
त्यस्तै जिल्लाका सम्पूर्ण बजार क्षेत्रमा अनुगमनलाई तिव्रता दिने समेत सहायक रायमाझीले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटा, घरेलु तथा सान उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका अधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेका थिए ।
- dhankutapress