Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

तेह्रथुम/तेह्रथुमको आठराई गाउँपालिकामा यहि फागुन १७ गतेदेखि पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने भएको छ ।

आठराई गाउँपालिका(२ स्थित पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने भएको हो । साँस्कृतिक कार्यक्रम साथमा विभिन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।

प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल, खुल्ला पुरुष भलिबल, साँस्कृतिक कार्यक्रम अन्तर्त नृत्य, धान नाच, ब्याडमिन्टन डब्बल र माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने विजेताले नगद १ लाख ५० हजार ट्रफीमेडल र प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछ । दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, महिलातर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी मेडल र प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछ । उपविेजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछ । उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ ।

साँस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र र दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार प्राप्त गर्ने भएका छन् । त्यस्तै, धान नाच प्रतियोगितमा प्रथमले १० हजार नगदसहित प्रमाणपत्र र दोश्रो हुनेले नगद ८ हजार र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

ब्याडमिन्टनतर्फ विजेताले २० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । उपविजेताले १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा क्रमश ३ हजार २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्र प्रथम दोश्रो र तेश्रो हुनेले प्राप्त गर्ने भएका छन् ।

प्रतियोगितामा फुटबलतर्फ वेष्ट किपर, वेष्ट डिफ्रेन्स, वेष्ट प्लेयर, हाईस्को, भलिबलतर्फ वेष्ट सटर र वेष्ट लिफ्टरलाई पुरस्कार दिइने भएको छ । प्रतियोगिता आगामी फागुन २४ गते सम्पन्न हुने भएको छ ।

  • Dhnakutapress

थप