विवेब तितुङ तामाङ
धनकुटा प्रेस सम्वादाता
हिले/धनकुटा नगरपालिका वडा नं.२ भिरगाउँमा विहिवार विहान अचानक आगलागी हुँदा १ घर जलेर खरानी भएको छ ।
ग्वालीमा खोले पकाउने चुलाबाट अचानक आगो लाग्दा स्थानिय नविन राईको घर जलेर खरानी भएको हो ।
गाई वस्तुलाई खोले पकाएर आगो ननिभाई राखेको कारण विहिवार विहान ९.४५ वजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
नविन राईको घरमा लागेको आगोलाई स्थानियवासीले पानी छ्यापेर १ घण्टा पछि नियन्त्रणमा लिएपनि क्षति हुनबाट वचाउन नसकेको वताइएको छ ।
आगलागीबाट राईको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको छ ।
- Dhankutapress