धनकुटा प्रेस सम्वाददाता
तेह्रथुम/तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले राष्ट्रिय धान दिवसको अवसरमा किसान परिचय पत्र वितरण सुरू गरेको छ । राष्ट्रिय धान दिवश किसानहरूको पर्व भएकाले गाउँपालिकाले डिजिटल किसान परिचय पत्र वितरण गरेको छथर गाउपालिका कृषि शाखाले जनाएको छ ।
पालिकाको वडा नम्बर १ र २ मा एक कार्क्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बु (सन्तोष) द्वारा ओैपचारिक रूपमा वितरण सुरू गरीएको पालिका प्रवक्ता राजन नेपालिले जानकारी दिए ।
गाउँपालिकामा रहेका किसानहरूको घरघरमा गई डिजिटल एप प्रयोग गरी २७१८ जना किसानहरूको विवरण संकलन गरी परिचय पत्र छापिएको छ ।
पालिकामा क्रमस सबै वडाहरूमा ओैपचारीक रूपमा किसान परिचयपत्र वितरण गरीने योजना रहेको अध्यक्ष तिगेलाले वताएका छन् । किसानलाई परिचय पत्र वितरण कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै अध्यक्ष तिगेलाले कृषि नै समृद्दीको आधार भएकाले उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ एक घर एक करेसाबारी कार्यक्रम, बाँझो जमिनमा उत्पादन कार्यक्रम, जस्ता निति कार्यक्रम र बजेट तयारी भई रहेको वताए।
गाउँपालिकाबाट कृषि सेवा प्रवाहमा किसान परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने र परिचयपत्रको आधारमा कृषि कार्यक्रम जोड्ने योजना रहेको अध्यक्ष तिगेलाले जानकारी दिए।
- Dhankutapress