Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पाख्रीबास नगरपालिकामा सवारी साधनको दुरुपयोग विरुद्द माओवादी केन्द्रले बुझायो ज्ञापन पत्र

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटाको पाख्रिबास नगरपालिकामा विदाको दिन पनि सरकारी सवारी साधनको दुरुपयोगलाई रोक्न ज्ञापन पत्र बुझाएको छ ।

नेकपा (माओवादी केन्द्र) पाख्रिबास नगर कमिटिद्वारा आइतवार नपाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र प्रसाद सुवेदीलाई  ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा भनिएको छ–पाख्रीबास नगरपालिकाको अधिनमा रहेका सवारी साधनहरु विदाको समयमा ब्यापक रुपमा दुरुपयोग भइरहेको सर्बसाधारणबाट जानकारीमा आएको र हाम्रो पार्टीले पनि अनुगमन गर्दा सो सत्य सावित हुन गएकोले व्यक्तिगत काममा नगर पालिकाका कुनै पनि सबारी साधनको प्रयोग आगामी दिनमा नगरपालिकाले नगरोस भन्ने हेतुले यो ज्ञापन पत्र पेश गरेका छौ ।

आजको मितिबाट १५ दिनभित्र यो विषय सम्पूर्ण नगरपालिकाका सम्बन्धित ब्याक्तिहरुलाई जानकारी गराई कार्यान्वयनमा ल्याउनका लागि अनरोध गर्दछौ ।

यो विषय कार्यान्वयन नभए नेकपा माओवादी केन्द्र नगर कमिटी पाख्रीवासले दुरुपयोग भएको अवस्थामा सवारी साधन नियन्त्रणमा लिने र यसको जवाफदेही नगरपालिकाले नै लिनु पर्ने चेतावनी दिइएको छ । विज्ञप्तिमा नगर कमिटीका अध्यक्ष ओम प्रकास निरौला र सचिव चिरिञ्जिबि राईद्धारा हस्ताक्षर गरेका छन् ।  

  • Dhankutapress

थप