Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सन्दर्भ : निजामती सेवा दिवश–२०८०, निजामती सेवा दिवसको अवसरमा धनकुटामा विविध कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रममा ४५ पिण्ट रगत संकलन

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/‘निजामती सेवा दिवस–२०८०’ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति धनकुटाले विहिवार धनकुटामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङको प्रमुख आतिथ्य र भरखरै सरुवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलको विशेष आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदीले जानकारी दिए । 

‘संघीयता, सुुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेडयूनियन, हाम्रो अधिकार’ भन्ने मूल नाराको साथ आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्धघाटनसत्रमा वोल्ने वक्ताहरु नेपालमा वि.सं.२०१३ साल देखी निजामती सेवा ऐन लागु बताए । 

उनीहरुले भने–‘राष्ट्रसेवक कर्मचारीहरुले निजामती कर्मचारीको नारा अनुसारको व्यवहार गरेर जनतामुखी र सेवामुखी भएर काम गर्न सक्नु पर्छ ।’ राष्ट्रसेवक कर्मचारीले शासकिय ढंगले होईन, सेवाग्राहीलाई सेवा प्रदान गर्ने उदेश्यको साथ आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नु पर्नेमा उनीहरुको जोड थियो । राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपुर्वक पुरा गर्न सके मुलुकमा चाँडै सुशासन र समृद्धि छाउने कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका थिए ।

कर्मचारी मिलन केन्द्रले आयोजना ग¥यो विविध कार्यक्रम :

यसैविच निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धनकुटाले तिन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर भव्य रुपमा मनाएको छ । केन्द्रका अध्यक्ष ध्रुर्व कार्कीकानुसार अन्तर कर्मचारी खुल्ला ब्याडमिटन प्रतियोगिता, वृक्षा रोपण, जेष्ठ नागरिकहरुलाई मिष्ठान्न भोजन गरिएकोछ भने शुक्रवार विहान धनकुटा वजारमा प्रभावतफेरी कार्यक्रम आयोजना गरिने वताए । ब्याडमिटन प्रतियोगितामा निजामती, जङ्गी र स्थानिय तह गरी तिनै तहका ८० जना कर्मचारीहरुले भाग लिएका थिए ।

व्याडमिटन प्रतियोगितामा सहभागी ४० वटा टिम मध्ये घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका इश्वर थापा र मालपोत कार्यालय धनकुटाका भूवन सुवेदीको जोडी प्रथम भएको थियो । त्यसैगरी साँगुरीगढी गाउँपालिकाका प्रशासन शाखा प्रमुख द्रोर्ण वहादुर राई र कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटाका राजु कार्कीको टिम दोश्रो भएको थियो । प्रतियोगितामा सुरज खनाल–प्रकास कार्की र दिपेश भूजेल–विष्णु गौतमको टिम तेश्रो भएको केन्द्रका अध्यक्ष एवं कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटा प्रमुख ध्रुर्व कार्कीले बताए । 

त्यसैगरी केन्द्रले धनकुटा न.पा. वडा नं.९ को विश्रान्ती मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई मिष्ठान्न भोजन तथा स्वास्थ्य जीवन यापनको शुभकामना प्रदान गर्ने कार्यक्रम समेत आयोजना गरेको छ । भाद्र–२० देखी २२ गतेसम्म विभिन्न कार्यक्रम अन्तर्गत विहिवार निजामती आवशिय विद्यालय धनकुटा परिषरमा वृक्षारोपण गरिएको छ । त्यसैगरी शुक्रवार धनकुटाको मदनचोकमा भेला भएर धनकुटा वजारमा प्रभातफेरी गर्नुको साथै, धनकुटा नगरपालिकाको सभाहलमा पुरस्कार वितरण तथा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले जानकारी दिएका छन् । 

  • Dhankutapress

थप