Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अबकास प्राप्त शिक्षक/शिक्षिकाहरुलाई साँगुरीगढी गाउँपालिकाको सम्मान

चालु आ.व. देखि दिवा खाजा कार्यक्रममा गाउँपालिकाको लगानी

  •   ४ वर्ष अघि | ५ असोज २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/साँगुरीगढी गाउँपालिका कार्यालयले पालिका भित्र लामो समयसम्म शिक्षण पेशामा आवद्ध भै अवकास प्राप्त गरेका १५ जना शिक्षक/शिक्षिकाहरुलाई मंगलवार सम्मान गरेको छ ।  साँगुरीगढी गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको अवकास प्राप्त शिक्षक/शिक्षिका सम्मान कार्यक्रममा पालिका भित्रको १५ जनालाई सम्मान गरिएको शाखा प्रमुख गंगा कटुवालले जानकारी दिए ।

सम्मानित शिक्षक/शिक्षिकालाई गाउँपालिकाको तर्फबाट अध्यक्ष जितेन्द्र रुम्दाली राईले सम्मानपत्रको साथमा मायाको चिनो स्वरुप चैनपुरे करुवा, ढाकाको दौरा सूरुवाल, साडी, चोलो र झोला प्रदान गरेका छन् । कार्यक्रममा अध्यक्ष राईले पालिका भित्र शिक्षाको ज्योति छर्नको लागि लामो समयसम्म योगदान गर्नु हुने विभिन्न विद्यालयका शिक्षक÷शिक्षकाहरुलाई उहाँहरुको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बताए । 

अध्यक्ष राईले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा अतुलनिय योगदान गर्ने जो कसैलाई पनि गाउँपालिकाले पहिचान गरेर सम्मान गर्ने गरि कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले साँगुरीगढी गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको वताए । पालिका भित्र रहेको ४९ वटा विद्यलायमा अध्ययनरत कक्षा–१ देखि ५ सम्म का बालबालिकाहरुलाई निःशुल्क दिवा खाजा कार्यक्रम यो वर्ष देखि लागु गरेको अध्यक्ष राईले जानकारी दिए । सम्मानित हुनेहरुमा कृष्ण ब्लोन तामाङ, रमेश इवाहाङ, व्रम्हध्वज लिम्वु, मुना सुव्वा, हर्क प्रसाद लामा, खुसवहादुर निरौला, दुर्गा प्रसाद काफ्ले, नारयण प्रसाद भट्टराई, दिलिप कुमार शर्मा, राम प्रसाद यादव, हेमकुमारी लिम्वु, तुलसा सुब्बा, धुपेन्द्र कुमार चौधरी, मिनवहादुर भण्डारी र बुद्ध प्रसाद गिरी रहेका छन् । 

सम्मान ग्रहण गर्दै साँगुरीगढी गाउँपालिका वडा नं.५ डाँडा वजारमा रहेको भानुमाविबाट वि.सं.२०६७ सालमा अवकास प्राप्त प्रधानाध्यापक कृष्ण ब्लोन तामाङले शिक्षा क्षेत्रको योगदानलाई उच्च कदर गर्दै आफू लगायत विभिन्न विद्यालयका शिक्षक/शिक्षिकालाई पालिकाले सम्मान गरेको भन्दै धन्यवाद् दिए । गाउँपालिकाले पहिलो पटक शिक्षा क्षेत्रमा योगदान गर्नेहरुलाई  सम्मान गर्दा हाल कार्यरत रहेको शिक्षक शिक्षकालाई पनि हौसला मिल्ने अवकास प्राप्त प्र.अ.तामाङले बताए । 

उनले आफूले वि.सं.२०३० साल देखि पाख्ीवास नगरपािलका वडा नं.९ चुङ्गवाङ्गमा रहेको भारती मा.वि.बाट सेवा शुरु गरेर जिल्लाको विभिन्न विद्यालयमा सेवा गरेको वताए । उनले साँगुरीगढी गाउँपालिका वडा नं.५ डाँडा वजारमा रहेको भानु मा.वि.मा मात्र ३४ वर्ष सेवा गरेको वताए । सो अवसरमा प्र.अ. तामाङले साँगुरीगढी गाउँपालिका वडा नं.६ नाम्जेमा रहेको ग्रामिण जनता मा.वि.बाट ०७८ को एसइइ परिक्षामा सर्वोकृष्ट अंक ल्याई उतिर्ण गर्न सफल उक्त विद्यलायकी छात्रा आयुष्मा याम्फूलाई हौसला स्वरुप नगद २ हजार, ५ सय पुरस्कार समेत प्रदान गरेका थिए । प्र.अ. तामाङले पुस्कार ग्रामिण जनता मावि डाँडा वजारका प्रधानाध्यापक टंक भुजेललाई प्रदान गरेका हुन् ।  

तामाङले आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको लागि गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई र उपाध्यक्ष मुना राईलाई अनुरोध गरे । गाउँपालिका प्रमुख जितेन्द्र रुम्दाली राईको अध्यक्षतमा सम्पन्न अवकास प्राप्त शिक्षक सम्मान कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु र कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  


  • Dhankutapress

थप