धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/धनकुटाको विभिन्न स्थानमा लगाईएको कानूनी रुपमा प्रतिन्धित ५ लाख, १४ हजार, १ सय ३० सय भन्दा वढी गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आ.व.०८१/०८२ को श्रावण महिना देखी हालसम्म ६ सय, ४५ रोपनी जग्गामा ५ सय ३ जना जनशक्ति परिचालन गरी ५ लाख, १४ हजार, १ सय ३० सय बोट गाँजा नष्ट गरेको विहिवार डाटा सार्वजानिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङ्गबाट प्रहरी वरिष्ठ नायव निरिक्षक गजेन्द्रवहादुर श्रेष्ठको कमाण्डमा वुधवार खटिएको प्रहरी टोलीले अन्दाजी ४२ रोपनी क्षेत्रफल जग्गामा लगाएको २४ हजार, ५ सय गाँजाको बोट नष्ट गरेको जनाएको छ । प्रहरीका अनुसार सहिदभूमि गाउँपालिकाको वडा नं.३ स्थित् विभिन्न टोलमा ३१ रोपनी क्षेत्रफलमा लगाइएको १८ हजार गाँजाको वोट नष्ट गरेको बताएको छ । त्यसैगरी प्रहरीले वुधवार नै प्रहरी चौकी आँखिसल्लाबाट प्रहरी सहायक निरिक्षक दिपेश घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले सहिदभूमि गा.पा. वडा नं.६ को विभिन्न टोलमा करिव ४ रोपनी क्षेत्रफलमा लगाएको १ हजार, ५ सय गाँजाको बोट नष्ट गरेको छ ।
त्यसैगरी प्रहरी चौकी त्रिवेणीबाट प्रहरी सहायक निरिक्षक राजेन्द्र राईको कमाण्डमा खटिएको प्रहरी टोलिले सहिदभूमि गा.पा.को वडा नं.१ को विभिन्न टोलमा ७ रोपनी क्षेत्रफलमा लगाएको अन्दाजी ५ हजार गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सोही यस अघि सोही गाँउपालिका वडा नम्बर ३ स्थित् चितकला टोलमा अन्दाजी ३५ रोपनी क्षेत्रफलबाट २७ हजार बोट, प्रहरी चौकी आँखिसल्लाले सहिदभूमि गाँउपालिका वडा नम्बर ७ खलेटोलबाट अन्दाजी २ रोपनी क्षेत्रफलबाट ६ सय गाँजा बोट नष्ट गरेको थियो ।
त्यसैगरी उता प्रहरी चौकी त्रिवेणीले सहिदभूमी गाँउपालिका वडा नम्बर २ अखुवाटारबाट अन्दाजी ७ रोपनी क्षेत्रफलबाट ४ हजार गाँजाको बोट सहित अन्दाजी ४४ रोपनी जग्गामा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा उम्रेको समेत गरी आ.व.०८१/०८२ को श्रावण महिना देखी हालसम्म ६ सय, ४५ रोपनी जग्गामा ५ सय ३ जना जनशक्ति परिचालन गरी ५ लाख, १४ हजार, १ सय ३० सय बोट गाँजा नष्ट गरेको विहिवार डाटा सार्वजानिक गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागु औषध ओसार पोसार तथा नियन्त्रण र सुरक्षा सुनिश्चितता अभियान अन्र्तगत गाँजाका बोट नष्ट गरेको थियो । प्रहरीले जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी चौकी र प्रहरी चौकीहरुले गाँजा फँडानी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एस्पी श्यामसिं थारुले जनकारी दिएका छन् ।
- dhankutapress