धनकुटा प्रेस सम्वाददाता
धनकुटा/भीमदल गण धनकुटाले सहिदभूमी गाउँपालिकाको वडा नं.३ छिन्ताङमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर विहिवार संचालन गरेको छ ।
शहिदभुमी गाउँपालिकाको विभिन्न वडामा बसोबास गर्ने स्थानीयवासीहरुको स्वास्थ्य उपचारमा सेवा पुर्याउने उद्देश्यले १ दिने स्वास्थ्य शिविर संचालन गरिएको भीमदल गण धनकुटाले जनाएको छ । नि:शुल्क स्वास्थ्य शिविरको श्री नं.२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेश कुमार थापाले समुदघाटन गरेर स्वास्थ्य शिविरको शुभारम्भ गरेका थिए ।
एक दिने स्वास्थ्य शिविरमा स्थानीयहरुलाई साधरण स्वास्थ्य परीक्षण, नाक, कान घांटीको परीक्षण, आँखा परीक्षण, दाँतको परीक्षण, औषधी वितरण जस्ता सेवाहरु प्रदान गरिएको थियो । स्वास्थ्य परिक्षणको क्रममा बालबालिका ६८ जना, महिला १ सय जनालाई स्वास्थ्य परिक्षण गरिएको थियो । जस अन्तर्गत पुरुष ६० जना र बृद्धबृद्धा ५३ जना गरी जम्मा २ सय ८१ जना स्थानीयहरु स्वास्थ्य लावान्भित भएको, जसमध्ये ७२ जनाले स्वास्थ्य परीक्षण, ७५ जनाले आँखा परीक्षण, ८३ जनाले दन्त परीक्षण र ५१ जनाले नाक, कान, घाँटीको परीक्षण गरिएको भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा जनाकारी दिएका छन् ।
शिविरलाई प्राविधिक व्यवस्थापन गर्नको लागि श्री नं.२ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला जनस्वास्थ्य कार्यालय, धनकुटा अस्पताल, डा. रामप्रसाद पोखरेल आँखा अस्पताल, हलेशी डेन्टल क्लिनिक लगायतले सहयोग गरेका थिए । साथै, शिविर सहिदभूमी गाउँपालिका लगायत अन्य स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविर उद्धघाटन कार्यक्रममा श्री नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री महेश कुमार थापा, शहिदभुमी गा.पा.अध्यक्ष श्री मनोज राई, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी जिल्ला समन्वय समिति, धनकुटाका उपप्रमुख सावित्रा राई, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, शसस्त्र प्रहरी बल नेपाल धनकुटाका सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक कुमार बलामी, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कटेल, जालपादेवी मन्दिर व्यवस्थापन समिति छिन्ताङका अध्यक्ष मातृका राई, अस्पताल तथा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजिवि लगायत स्थानीयबासिहरु गरी करिव ४ सय जनाको उपस्थिती रहेको थियो ।
- Dhankutapress