धनकुटा प्रेस सम्वाददाता
हिले/नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाको दशौ जिल्ला अधिवेशनले तोर्ण वहादुर खपाङ्गी मगरलाई अध्यक्षमा चयन गरेको छ ।
नेपाल मगर संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष गणेश पिठाकोटे मगरको प्रमुख आतिथ्यमा सोमवार धनकुटाको हिलेमा सम्पन्न जिल्ला अधिवेशनले उपाध्यक्ष, सचिव, सह–सचिव र कोषध्यक्षमा क्रमशः विजेश थापा मगर, तेजकुमार थापा मगर, खड्ग राना मगर र तानकुमारी मगरलाई सर्वसम्मत चयन गरिएको नवनिर्वाचित अध्यक्ष तोर्ण खपाङ्गी मगरले जानकारी दिए ।
२० सदस्यीय जिल्ला समन्वय समितिको सदस्यहरुमा बेगवहादुर आले मगर, रामवहादुर लुङ्गेली मगर, गोपाल राना मगर, रेसिका पुलामी मगर, गोपाल पुर्वाछाने मगर, पुखमान राना मगर रहेका छन् । त्यसैगरी समितिको अन्य सदस्यहरुमा रुपा राना मगर, धन वहादुर दर्लामी मगर, सुर्यकुमारी मगर, शेर वहादु घागा मगर, सरस्वती राना मगर, गोरख राना मगर, अभिषेक आले मगर, सुवास राना मगर र निरोज खपाङ्गी मगरलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष खपाङ्गीले बताएका छन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समितिका निवर्तमान अध्यक्ष चेत बहादुर राना मगरको अध्यक्षतामा सम्पन्न दसौं जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा संघ १ नम्बर प्रदेश समिति अध्यक्ष तेजबहादुर आले मगर, सदस्य पार्वति थापा मगर, नेपाल मगर संघ धनकुटा नगरका अध्यक्ष इन्द्र लुङ्गेली मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव मन कुमार ठाडा मगरले गरेका थिए ।
- Dhankutapress