धनकुटा प्रेस सम्वाददाता
धनकुटा/कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) धनकुटाको सोमवार सम्पन्न दोस्रो जिल्ला अधिवशेनले विजय शेखर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
धनकुटामा सम्पन्न भएको दोस्रो अधिवेशनले कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) धनकुटाको उपाध्यक्षमा सुवास मगर, सचिवमा प्रकाश निरौला, कोषाध्यक्षमा उमा दाहल, सह–सचिवमा शिशिर श्रेष्ठ र सदस्यहरुमा दिपक घिमिरे, अविनाश श्रेष्ठ लगायतलाई चयन गरको छ ।
केन्द्रिय प्रतिनिधिमा मोहन प्रसाद घिमिरे निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक तथा केन्द्रिय प्रतिनिधि राजेश्वर वहादुर श्रेष्ठले बताए । दोस्रो अधिवेशनको समापन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, केन्द्रिय प्रतिनिधि तथा धनकुटा पत्रकार महासंघका पुर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता वराईली, एकोरापका प्रदेश नम्वर १ का अध्यक्ष विदुर खवास, फोनिजका प्रदेश नमवर १ का अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेल ,सहसचिव इश्वर थापा लगायतले नवनिर्वाचित कार्य समितिलाई शुभ कामना दिदै धनकुटामा नमूना भएर काम गर्न सुझाव दिएका छन् ।
- Dhnakutapress