Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विश्रान्ति मन्दिरको १४ औं वार्षिक साधरणसभा सम्पन्न

  •   ५ वर्ष अघि | १३ चैत्र २०७८, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं.९ मा रहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिको १४ औं वार्षिक साधरणसभा तथा मानार्थ सदस्य प्र्रदान कार्यक्रम सनिवार सम्पन्न भएको छ । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न वार्षिक साधरणसभामा मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले आ.व.०७७÷०७८ को संस्थागत प्रतिवेदन प्रश्तुत् गरेका थिए भने कोषाध्यक्ष विकास प्रधानले आ.व.०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रश्तुत् गरेका थिए । 

सो अवसरमा महासचिव घिमिरेले विश्रान्ति मन्दिरले आ.व.०७७÷०७८ मा संचालन गरेका विभिन्न कार्यक्रमहरुको प्रगती विवरण प्रश्तुत् गरेका थिए । उनले हाल विश्रान्ति मन्दिरमा ४१ जना वृद्धवृद्धाहरु आश्रित रहेको बताए । त्यसैगरी गौसला संचालनमा ६ वटा गाईहरु रहेको, विसौं वर्ष देखी स्वास्थ्य सेवा कार्यक्रम, मौसमी आय आर्जन कार्यक्रम, धार्मिक वन कार्यक्रम, दाहसंस्कार कार्यक्रम, पूर्वाधार निर्माण कार्यक्रम लगायतका दर्जनौ कार्यक्रमका वारेमा जानकारी दिएका थिए ।

वर्तमान कार्य समितिले ०७४ माघ १६ गते देखी ०७८ सालसम्म संचालन गरेको कार्यक्रमको उपलव्धीहरु, आगामी वर्षमा संचालन गरिने कार्यक्रमहरु पनि प्रश्तु्त् गरेका थिए । त्यसका साथै विश्रान्ति मन्दिरमा भएको सूरक्षा चुनौतिहरुको वारेमा पनि जानकारी गराइएको थियो । 

त्यसैगरी कोषाध्यक्ष विकास प्रधानले आ.व.०७७÷०७८ मा विश्रान्ति मन्दिरले प्राप्ती तथा भुक्तानी गरेको २ कारोड, ८८ लाख, ४३ हजार, ८ सय ३० रुपयाँ वरावरको विवरण सार्वजानिक गरे । त्यसका साथै प्रधानले ९६ लाख, ३२ हजार, ६ सय ५९ रुपयाँ वरावरको आय–व्याय समेत प्रश्तुत् गरेका थिए । विशेष गरेर व्यय तर्फ खहरे खोला सरफाईमा १२ लाख, ८६ हजार, दाउरा खरिदमा ९ लाख, ३१ हजार, ५ सय, खाद्यन्न तथा आहार खरिद ४ लाख, ७४ हजार, ८ सय १३, गौपालनमा ९ लाख, २५ हजार, ८ सय ६० रुपयाँ लगायतका विविध शिर्षकमा भएका खर्च सार्वजानिक गरेका थिए । 


                                       वरखगण सल्लेरी व्यारेक धनकुटाका प्रमुख सेनानी गणपति दुर्गावहादुर थापालाई मन्दिर व्यवस्थापन समितिको तर्फबाट सम्मान गरिदै । 

विश्रान्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सारादा प्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न वार्षिक साधरणसमा विशेष अतिथि समाजसेवी प्रा.डा.तिर्थ प्रसाद मिश्र, वरखगण धनकुटाका प्रमुख सेनानी गणपति दुर्गावहादुर थापा, भरखरै राजविराजबाट सरुवा भएर धनकुटा आउनु भएका भिमदल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी लगायत मिन्दरलाई सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई मन्दिरको तर्फबाट सम्मान गरिएको थियो । सो अवसरमा विशेष अतिथिको रुपमा स्वामि विजयनन्द सरस्वतीको पनि गरिमामय उपस्थिति रहेको थियो । साथै कायृक्रममा मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो । 


  • dhankutapress

थप