विवेक तितुङ तामाङ
धनकुटा प्रेस सम्वादाता
धनकुटा–हिले सडक खण्डको चिया दोकान नजिकै मंगलवार साँझ विपरित दिशावाट आएको दुई वटा सवारी साधन एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।
धनकुटा नगरपालिका वडा नं.१ स्थित् चिया दोकान चोकमा विपरित दिशाबाट आएको यात्रुवहाक वस र अरुण थर्डको मालवाहक ट्रक एकआपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण धनकुटा–हिले सडक खण्ड अवरुद्ध भएको छ ।
प्रहरीको अनुसार अरुण थर्डको विधुतिय सामाग्री वोकेको ना.५ ख ६३८६ नम्वरको मालवाहक ट्रक र भोजपुरबाट धरानको लागी आउँदै गरेको को.१ ख.४०७४ नम्वरको यात्रु वाहक वस एक आपसमा ठोकिदा दुर्घटनामा भएको हो । उक्त ट्रक जोगमनीबाट संखुवासभा जिल्लाको अरुण थर्डको परियोजना संचालन भएको स्थान फाक्सिन्दावेसी जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै पनि मानविय क्षति नभए पनि यात्रुवाहक बसको चालक पटीको ३ वटा झ्यालमा क्षति पुगेको छ ।
दुई दिन अघि विराटनगरबाट हिडेको अरुण थर्डको विधुतिय सामाग्री वोकेको मालवाहक ट्रक साँगुरो सडकको कारण साईड दिने ठाउँ नभएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । भोजपुरबाट आएको वसले थोरै सावधानी अपनाएको भए दुर्घटना नहुने ट्राफिक प्रहरीको ठम्याई रहेको छ ।
दुर्घटनाको कारण धनकुटा–हिले सडक खण्ड करिव १ घण्टासम्म अवरुद्ध भएको थियो । सडकको विचमा यात्रु वाहक वस र मालवाहक ट्रक जुधेकाले पुर्ण रुपमा आवात जावत ठप्प भएको थियो । साँगुरो सडकको कारण कुनै पनि सावारी साधन आवात जावत हुन नसकेको ट्रफिक प्रहरी हवलदार दिपक खड्काले बताएका छन् ।
- धनकुटा प्रेस