Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रादेशिक औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सव २०७९ उर्लाबारीमा जारी

  •   ४ वर्ष अघि | २७ माघ २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

उर्लावारी/प्रदेश नं १ को मोरङ उर्लाबारी नगरपालिका वडा ४ स्थित भद्रमारीमा प्रादेशिक औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सव २०७९ संचालन भइरहेको छ । 

माघ २१ गते देखी २९ गतेसम्मको लागि राष्ट्र अन्तर्राष्ट्रिय ४ देशको स्टल सहितको कार्यक्रम भब्य रुपमा संचालन भइ रहेको कार्यक्रमको आयोजक उर्लाबारी उद्योग बाणिज्य संघ मोरङ्गले जनाएको छ ।

विभिन्न जात जातीहरुको मौलिक पोशाक र जातिय पहिचान सहितको गायन तथा नृत्यको साथसाथै पुर्व मेची देखि पश्चिम महाकाली सम्मको सबै प्रदेशमा रहेको मौलिक संस्कृति साँझ सहित कार्यक्रम भइ रहेको महोत्सवका सह–संयोजक प्रीतम खड्कीले बताए । कार्यक्रम १ करोड पच्चीस लाखको लागतमा कार्यक्रम आयोजना गरिएको खड्काले वताएकी छन् ।             

कार्यक्रमको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । साथै, कार्यक्रममा अतिथिको रुपमा प्रदेश सभाका माननीय, स्थानीय पालिका प्रमुख एवं अध्यक्षहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले सहभागिता जनाएका थिए। सो अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार ज्वोती मगर अस्मिता अधिकारी, प्रताप दासले आ–आफ्नो सांगितिक प्रस्तुति पस्किसकेका छन् ।  कार्यक्रमको सातौं दिनमा भने शुक्रवार भने एलिना चौहानको प्रस्तुति पस्किएका थिए ।

सनिवार (आज) को प्रस्तुति भने राष्ट्रिय कलाकार चर्चित गायक प्रकाश सपूत, जेनिशा पौडेल र कार्यक्रमको आठौं दिनमा राजन राज सिवाकोटी, डम्बर नेपालीको रहने आयोजकले जनाएको छ । कार्यक्रम स्थलमा प्रवेश गर्न हरेक दिन विहान टिकट निःशुल्क रहेको र दिउसोको ३ बजेपछि सबैलाई समावेशी रूपमा १०० रुपैयाको दरले टिकट आयोजक कमिटीद्धारा निर्धारण गरेको बताउनुभयो । प्रादेशिक महोत्सव उर्लाबारीमा भारत, नेपाल, बंगलादेश,र पाकिस्तानको स्टलहरुको सहभागिता लिने गरिएको छ। सुरक्षाको कडा ब्यबस्थापन गरिएको छ । कार्यक्रम स्थलमा कुनै पनि अपराधी क्रियाकलाप,अप्रिय घटना हुन नदिनको लागी चारैतिर सिसि टिभीको निगारानी तथा सेक्युरिटी, जनपद प्रहरी, र शसस्त्र प्रहरीहरुको बाक्लो उपस्थित रहेको छ ।

आयोजक  उर्लाबारी उद्योग बाणिज्य संघका अनुसार कम्तीमा १ लाख ५० हजार दर्शकहरु कार्यक्रम स्थलमा भित्राउने योजना रहेको सहसंयोजक प्रीतम खडगीले बताईन । प्रादेशिक कृषि महोत्सव उर्लाबारीमा निजि विद्यालय तथा सरकारी स्कुलहरुको बालबालिकाहरुले फेसन सो तथा नृत्य गायन ट्यालेन्ट सो हरुको प्रस्तुति दिएका थिए । 

  • Dhankutapress

थप