Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

उद्योग वाणिज्य संघले धनकुटा महोत्सवको खर्च सार्वजनिक ग¥यो

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/गत माघ ६ गतेदेखि १६ गतेसम्म धनकुटामा सञ्चालन भएको प्रादेशिक औद्योगिक ब्यापार मेला तथा कृषि प्रद्धशनी एभोकाडो एवं धनकुटा महोत्सवको खर्च विहिवार सार्वजनिक गरिएको छ ।

महोत्सवको आयोजक समेत रहेको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले पत्रकार सम्मेलन गर्दै महोत्सवको आय व्यय सार्वजनिक गरेको हो । महोत्सवका लागि विभन्न संघ संस्था, प्रायोजक, सहप्रायोजक तथा अन्य सहयोगी सस्थाबाट ५६ लाख २८ हजार ४ सय रुपैया प्राप्त भएको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गरी महोत्सव सञ्चालनमा ५६ लाख ४ हजार २५ रुपैया खर्च भएको र महोत्सवबाट २४ हजार ३ सय ७५ रुपैया मात्र नाफा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सव सञ्चालनको क्रममा माघ १४ गते अत्याधिक दर्शकहरुको भिडका कारण दुःखद  घटनामा परि ३१ जना घाईते भएका थिए । घाईतेको उपचारको लागि ५ लाख, २५ हजार, २ सय, ९६ रुपयाँ  खर्च भएको वताइएको छ ।

त्यसका साथै विविध कारणले गर्दा महोत्सवले भने जस्तो नाफा कमाउन नसकेको आयोजकले जनाएको छ । स्थानीय उत्पादन तथा लोक सँस्कृतीलाई प्रोत्साहन दिने र पर्यटन प्रबद्र्धन गरि धनकुटाको विकास समृद्धिको लागि सहयोग गर्ने लक्ष्य राखि महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए । १० दिन सम्म सञ्चालन भएको महोत्सवमा १ लाख ५० हजार व्यक्तिले अवलोकन गरेको उद्योग वाणिज्य संघ धनकुटाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकुमारी तितुङ्ग (तारा) ले जानकारी दिईन । महोत्सवमा स्थानीय कलाकार, स्थानीय जातजातीका झाँकी तथा स्थानीय उत्पादन तथा परिकारको प्रबद्धन भएको सचिव श्रीराम रायमाझीले जानकारी दिएका छन् ।


  • Dhankutapress

थप