धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/स्थानिय सरकार संचालन ऐन २०७४ वमोजिम जिल्ला समन्वय समिति धनकुटाले संचालन गरेको दुई दिने जिल्ला सभा तथा प्रगती समिक्षा कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
जिल्ला भित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउनको लागि वर्षको कम्तिमा एक पटक वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने गरिएको छ । यसरी आयोजना हुने कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय संसद र प्रदेश सभा सदस्यहरुलाई आमन्त्रण गरी सूझाव लिनु पर्ने ऐनमा व्यवस्था छ । सोही ऐनको परिच्छेद १२ को दफ ९२ (ञ) वमोजिम जिल्ला समन्वय समिति धनकुटाले आ.व.०७९/०८० को वार्षिक प्रगती समिक्षा कार्यक्रम आयोजना गरेको हो ।
प्र्तिनिधिसभा सदस्य माननिय राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको हो । धनकुटा जिल्लामा रहेको स्थानिय तह, संघ तथा प्रदेश सरकार अन्तर्गतका सरकारी कार्यालयका प्रमुखहरुले प्रगति प्रतिवेदन प्रश्तुत् गरे । त्यसैगरी जिल्ला स्थित् गैह्र सरकारी संस्थाहरुद्धारा भएको आ.व.०७९÷०८० मा संचालित वजेट, योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा प्रगति प्रतिवेदन प्रश्तुत् गरेका थिए ।
कार्यक्रमको पहिलो दिन कोष तथा लेखा नियन्त्रण कार्यालय, धनकुटाको विशेष प्रश्तुती रहेको थियो । त्यसैगरी कृषि अनुशन्धान केन्द्र पाख्रीवास, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय व्यवसायिक कृषि अनुशन्धान कार्यक्रम, पाख्रीवास, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाले आ.व.०७९/०८० मा आ–आफ्नो कार्यालयले सम्पादन गरेको वजेट तथा योजनाको प्रगति प्रतिवेदन प्रमुखहरुले सार्वजानिक गरेका थिए । अन्य कार्यलयले सोमवार प्रश्तुतिकरण राखेका थिए । प्रतिवेदन सार्वजानिक नगर्ने सरकारी कार्यालयलाई प्रमुख जिल्ला अधिकारीले स्पष्टिकरण सोध्ने बताइएको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङको अध्यक्षतामा सम्पन्न प्रगति प्रतिवेदन सार्वजानिक कार्यक्रमको उद्धघाटन सत्रमा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई, प्रदेस सभा सदस्य इन्द्रमणी पराजुली, नेपाली कांग्रेसका नेता विजय सन्तोषी राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुर्व रायमाझी, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, निमिक्त प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, गैसस महासंघ धनकुटाका अध्यक्ष मिन सुवेदी, लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति धनकुाटका प्रमुख निरन तामाङको अध्यक्षतामा सम्पन्न २ दिने वार्षिक प्रगती समिक्षा कार्यक्रम तथा जिल्लासभाले छलफलमा उठेका सवालहरुलाई निराकरणको लागि जिल्ला समन्वय समितिले सम्वन्धित् पक्षसंग समन्वय गरेर सामधानको प्रयास गरिने वताइएको छ । त्यसैगरी अनुपस्थित् कार्यालयहरुको विवरण समन्वय समितिले प्रमुख जिल्ला अधिकारीलाई पठाई दिने र प्रमुख जिल्ला अधिकारीले आवश्यक कार्वाही गर्ने पनि निर्णय भएको छ ।
साथै, छलफलमा उठेका महत्वपूर्ण सवालह?लाई प्रतिवेदनमा समावेश गरी सम्वनिधत् कार्यालयसंगको सवालह?को सम्वन्धमा सम्वन्धित् कार्यालयह?संग आवश्याक समन्वय गरी सामधानको उपाय निकाली सो समेतको प्रगति प्रतिवेदनमा समेट्ने निर्णय भएको जिल्ला समन्वय सतिमि धनकुटाका प्रमुख निरन तामाङले बताए ।
- Dhankutapress