Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सहकारीमा वसेर जनताको पैसामा मोजमस्ती गर्नेलाई नछोड्ने–नगर प्रमुख तामाङ

आम भेला बोलाएर सामाजिक कार्वाही गर्ने चेतावनी

  •   ४ वर्ष अघि | २९ पुस २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहकारीमा वसेर सर्वसाधरण जनताको पैसामा मोजमस्ती गर्ने ठगहरुलाई नगरपािलकाले नछाड्ने वताएका छन् । 

नवज्योति वचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–१ हिलेको १३ औं वार्षिक साधरणसभालाई सम्वोधन गर्दै नगर प्रमुख तामाङले यस्तो चेतावनी दिएका हुन् । सहकारीको पैसा अपचलन गर्नेहरुलाई कुनै पनि हालतमा नछोड्ने भन्दै नगर प्रमुख तामाङले भने–‘सहकारी ऐन–०७४ र नियामवली ०७५ लाई आधार मानेर नगरपालिकाले कार्वाही गर्छ ।’ उनले विशेष गरेर हिले वजारका सहकारीहरुलाई लक्षित गर्दै भने त्यति गर्दा पनि भएन भने आमभेला वोलाएर सामाजिक कार्वाही गर्ने वताए । 

संस्थाका अध्यक्ष धिरेन थिङ तामाङ वार्षिक प्रतिवेदन प्रश्तुत् गर्दै ।

सहकारीमा वसेर आर्थिक नैतिकता र सामाजिक प्रतिष्ठा गुमाउनेहरु हिले छाडेर भाग्दै छन् रे भन्ने आफूले सुनेको वताउँदै नगर प्रमुख तामाङले भने–‘ति कहाँ भाग्छन् र, तिन्लाइ इन्टरपोल लगाएर ल्याईन्छ ।’ उनले सहकारीको नाममा गलत वाटो अपनाएर पैसा कमाउनेहरुलाई कुनै पनि हालतमा नगरपालिकाले नछाड्ने वताए । हिनामिना गर्नेलाई उसको चलअचल सम्पतिबाट असुल उपर गरिनेछ–तामाङले थपे । सहकारीको रकम हिनामिनाको विषयलाई लिएर उनले आगामी सोमवार धनकुटा नगरपालिका भित्र रहेका सम्पुर्ण सहकारीका संचालकहरुलाई वोलाएर नगरपालिकमा छलफल गर्ने वताए । 

उत्कृष्ठ शेयर सदस्यलाई सम्मान गरिदै ।

जिल्लामा कोभिडको वहाना वनाएर संचालकहरुले कतिपय संस्थाहरु डुवाईरहेको अवस्थामा ९ सय १४ शेयर सदस्य रहेको नव्जयोति वचत तथा ऋण सहकारी संस्था लि. हिलेको आन्तरिक जीवन सफल रहेको भन्दै नगर प्रमुख तामाङले आगामी दिनमा थप सफलताको लागि शुभकामना दिए । उनले धनकुटामा केही सहकारीहरु विग्रिरहे पनि हिलेको समाजमा प्रतिष्ठा कमाउने युवहरुले चलाएको नवज्योति सहकारी अब्बल रहेको आफूले पाएको भन्दै खुशि समेत व्यक्त गरे । 

नवज्योति वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धिरेन थिङ तामाङले संस्थाको आ.व.०७८÷०७९ को आय–व्याय प्रश्तुत् गरे । उनले आ.व.०७८÷०७९ मा पुजि निर्माण तर्फ १५ करोड, ६ लाख, ८८ हजार, २ सय ८० र आम्दामी तर्फ २३ लाख, ५९ हजार वरावरको कार्यतालिका प्रश्तुत् गरे । त्यसैगरी आगामी आर्थिक वर्ष ०७९÷०८० को लागि १९ करोड, ३१ लाख ३४ हजार र आम्दामी तर्फ २५ लाख, ८८ हजार वरावरको प्रस्तावित कार्य योजना समेत पेश गरेका छन् । 

साधारण सभाको बन्द सत्रमा उपस्थित् शेयर सदस्यहरु । 

त्यसैगरी आ.व.०७८÷०७९ मा खर्च तर्फ २२ लाख, ९ हजार, ६३२ रुपयाँ र आगामी वर्षको लागि प्रस्तावित खर्च २६ लाख, ९ हजार, ६ सय, ४७ रुपयाँ वरावरको पेश गरेका छन् । त्यसैगरी संस्थाका उपाध्यक्ष योगेन्द्र शाहीले आ.व.०७८÷०७९ को आय व्याय विवरण प्रश्तुत् गरेका थिए । 

सो अवसरमा संस्थामा आवद्ध भएर हालसम्मका असल वचत कर्ता वनेका शेयर सदस्य झन्क वहादुर वस्नेतलाई उत्कृष्ठ वचतकर्ताको रुपमा विशेष सम्मान गरिएको छ । उनले संस्था स्थापना भए देखि हासम्म नियमित वचत गदै आएका छन् भने फिर्ता पनि लगेका छैन । त्यसैगरी उत्कृष्ठ शेयर खरिद गर्ने नगेन्द्र प्रसाद दाहाल, असल वचत कर्ताहरुमा रानी तामाङ र अमृत थापालाई पनि सम्मान गरिएको छ । असल ऋणीको रुपमा भने किरण शाक्य र सविता कुमारी शाहालाई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङले सम्मान पत्र र उपहार प्रदान गरेर खदा ओडाएर सम्मान गरे । 

 निर्वाचित संचालक समितिका पदाधिकारी एवं सदस्यहरु । 

 १३ औं वार्षिक साधारण सभाको बन्दसत्रबाट अध्यक्ष धिरेन थिङ तामाङको अध्यक्षतामा पुनः ७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको छ । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदी, हिले वजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ, शेयर सदस्यहरुको तर्फबाट ऋषिराम ढुङ्गाना, सहकारी संस्थाहरुको तर्फबाट महिला शसक्तिकरण वचत तथा ऋण सहकारी संस्था लि.का सचिव सूनिता लावती गोम्देन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

  • Dhankutapress

थप