Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सहकारीमा वित्तिय अपचलन गर्नेलाई कानुनी दायरमा ल्याईने –भूमी व्यवस्था सहकारी मन्त्री, सराबसी

  •   ४ वर्ष अघि | २२ जेष्ठ २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/ १ नम्वर प्रदेश सरकारका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओम प्रकास सराबसीले सहकारी संस्थामा वित्तिय अपचलन गर्ने जो कसैलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्ने वताएका छन् । 

भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण सहकारी मन्त्रालय १ नम्वर प्रदेश विराटनगरले आईतबार धनकुटामा आयोजना गरेको सहकारी संघ–संस्था तथा सहकारी अभियानकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री सराबसीले यस्तो चेतावानी दिएका हुन् । 

सो अवसरमा वोल्दै मन्त्री सरावसीले आफू भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयको मन्त्री भएको नाताले प्रदेश नं.१ को १४ वटै जिल्लामा सहकारीको अवस्था के छ ? भनेर अनुगमन गर्न जिल्ला दौडाहमा निस्किएको वताए । उनले जिल्ला दौडाहको क्रममा सहकारीमा धेरै वित्तिय अपचलन भैरहेको भन्ने जनगुनासो आएकाले आर्थिक हिनामिना गर्ने सहकारी संचालकलाई कानुनी दायरमा ल्याउने बताए । उनले सहकारीको पैसा अपचलन गर्ने संचालकलाई नियन्त्रणमा लिएर कडा भन्दा कडा कार्वाही गर्ने ठोकुवा गरेका छन् । 


मन्त्री सराबसीले आफू १४ जिल्लाको भ्रमण सकेपछि प्रदेश सरकारको तर्फबाट अनुगमन, निरिक्षण गरेर कानुन् वमोजिम नियमन गर्ने कार्यको तत्काल शुरुवात गर्ने वताए । मन्त्री सरावसीले भने–‘सहकारीको अभियानबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याईरहेको स्मरण गराउँदै सहकारीमा देखिएको समश्या भनेको सरकारको पनि समश्या र चुनौतीको विषय भएकाले सहकारीमा देखिएको वेथितिलाई नियन्त्रणमा लिन्छु ।’ उनले सहकारीको धर्म र मर्म भनेको इमान्दारिता हो । यो मर्म र भावाना विपरित सहकारीको नाममा रकम संकलन गरेर जो कोहीले हिनामिना गर्छ भने, त्यस्ता साहुकारी व्यवस्थापकलाई सरकारले कुनै पनि हालतमा नछोड्ने दावी गरेका छन् । मन्त्री सराबसीले थपे–‘सहकारीमा अपचलन गर्नेलाई प्रदेश सरकारको सहकारी रजिस्टरको कार्यालयबाट प्रतक्ष्य अनुगमन,निगरानी गरेर कानुनी रुपमा नियमन गरिनेछ ।’ 


भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण सहकारी मन्त्रालय १ नम्वर प्रदेशका सचिव कृष्ण प्रसाद साप्कोटाले सहकारीको अफ्ठ्यारा के छन् ?, चुनौती के छन् भनेर मन्त्रालयले जिल्ला जिल्लामा सुझाव संकलन गर्ने अभियान चलाएको बताए । अन्तरक्रिया कार्यक्रममा हिमाली ग्रामिण विधुत सहकारी संस्था लिका अध्यक्ष धर्मराज पौडेल, सुलभ वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मेघेन्द्र गुरुङले अधिकांश सहकारी संस्थाहरुमा किसानहरु आवद्ध छन् । अहिले किसानहरुले आफ्नो वारीमा लगाएको वालीनालीमा लगाउने रासयनिक मलको हाहाकार भएकाले व्यवस्था मिलाई दिन मन्त्री सरावसीलाई अध्यक्ष गुरुङले आग्रह गरेका छन् । 

सो अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदीले धनकुटा जिल्लामा ०७८ सालको असार मसन्तसम्ममा ३ सय ३७ वटा सहकारी संघ–संस्था दर्ता रहेको वताए । त्यसैगरी चौविसे वचत तथा ऋण सकारीका संस्था लि.का अध्यक्ष टेकराज चेम्जोङ, त्रिवेणी कृषि उपभोक्ता सहकारी संस्था लि.का.अध्यक्ष कमल कुमार लामीछाने, सगरमाथा दुग्ध चिस्यान सहकारी संस्था लि.का उपाध्यक्ष युवराज थापा लगायतले आ–आफ्नो तर्फबाट सूझाव दिएका थिए ।

  • dhankutapress

थप