धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/सहकारी क्षेत्रमा प्रभावकारी नियमनकारी निकाय नहुँदा आर्थिक अनुशासनहिनता वढेको भन्दै सोमवार यहाँ अयोजित एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको २४ औं स्थापना दिवशको अवसरमा आयोजित सहकारी, शिक्षा तथा ऐन, नियम सम्वन्धि अभिमूखिकरण गोष्ठीको उद्धघाटन सत्रमा वोल्ने वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन । तिनखम्वे अर्थनीति अन्तर्गत रहेको सहकारी क्षेत्रको सरकारको तर्फबाट प्रभावकारी नियमनकारी निकाय नभएको भन्दै सहभागि वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य गोविन्द खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न अभिमूखिकरण गोष्ठीको उद्धघाटन सत्रमा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, धनकुटा वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका अध्यक्ष खेम घिमिरे, सहकारी अभियान्ता कमलकुमार लामिछाने, धनकुटेली संचारकर्मीहरुको तर्फबाट फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले सहकारी संस्थाहरुमा आर्थिक अराजकता वढेको औल्याएका छन् । साथै, समाजमा केहि÷कहि सहकारी मात्र राम्रो भएर नहुने सिङ्गो समूदायलाई सहकारी सुधारको अभियानमा अघि वढाउनु पर्नेमा जोड दिएका छन् । सो अवसरमा वोल्दै जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीले धनकुटामा ३ सय ३६ वटा वित्तिय सहकारी मध्ये आधा भन्दा वढी सहकारी निष्कृय रहेको बताए । उनले धनकुटा नगरपालिका भित्र रहेको ३२ वटा सहकारी संस्थाहरु मध्ये आधा भन्दा वढी सहकारी निष्कृय भै सकेको बताए ।
धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खेम घिमिरेले वजारमा हैसियत भएका मान्छेहरुले सहकारीको पैसा चलाएर नतिरी लाज पचाएर हिड्ने गरेको बताए । उनले धनकुटा बजारका निक्षेपकर्ताहरुले सहकारी संस्थाका संचालकहरुको आनिवानी नवुझी नगद जम्मा गर्दा सर्वसाधरणको लगानी ढुवेको वताए ।
उनले ‘सहकारीको दिगोपन, स्वनियम र सुशासन’ भन्ने सहकारीको राष्ट्रिय नारालाई सफल वनाउन र सहकारी वित्तिय अनुशासन कायम राख्न नियमनकारी निकाय प्रभावकारी हुनु पर्नेमा जोड दिए । नेपालको सहकारी वजारमा कर्जा सूचनाको अभाव रहेको समेत अध्यक्ष घिमिरेले औल्याए ।
राष्ट्रसेवक वचत तथा ऋण सहकारी लि.धनकुटाका अध्यक्ष ललित कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न अभिमूखिकरण गोष्ठीको सहजीकरण नेपाल निजामती कर्मचारी संगठन धनकुटाका अध्यक्ष राकृष्ण सुवेदी, केन्द्रिय सदस्य गोविन्द खत्री लगायतले सहजीकरण गरेका थिए ।
गोष्ठीमा धनकुटामा रहेको विभिन्न सहकारी संस्थाका संचालक एवं शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
- Dhankutapreess