Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सहकारीलाई अहिलेको अवस्थामा पुँजी आर्जन गरेर, परिचालन गर्नु ठूलो चुनौति

  •   ४ वर्ष अघि | १५ पुस २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/आर्थिक तरलताले देश अस्तव्यस्त भैरहेको वेलामा पुँजी आर्जन गरेर परिचालन गर्न सहकारीहरुको लागि ठूलो चुनौति रहेको शुक्रवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । 

राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेड धनकुटाको २३ औं वार्षिक  साधरणसभाको समुद्धघाटन सत्रमा वोल्ने वक्ताहरुले देश आर्थिक तरलतामा गएकाले पुँजी आर्जन गरेर परिचलन गर्नु अहिलेको अवस्थामा सहकारीहरुलाई ठूलो चुनौति रहेको औल्याएका हुन् । 

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय महासचिव एवं राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि.मोरङका अध्यक्ष जीवन काफ्लेले पुँजी आर्जन गरेर परिचालन गर्नु सहकारीहरुको लागि महत्वपुर्ण पक्ष भए पनि पछिल्लो समयमा त्यस्तो हुन नसकेको वताएका छन् । काफ्लेले भने–‘सहकारी प्रति राज्यको अनुदार नीतिको कारण अलिहेको अवस्थाका सृजना भएको हो ।’ राज्यले अहिलेसम्म संघीय एवं प्रदेस सहकारी नीति निर्माण नगरी रहेको वर्तमान अवस्थामा राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि.ले आठ सदस्सीय कार्यदल वनाएर केन्द्रमा काम गरिरहेको काफ्ले वताए । 

 केन्द्रिय महासचिव एवं राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि.मोरङका अध्यक्ष जीवन काफ्ले उद्धघाटन सत्रलाई सम्वोधन गर्दे ।  

महासचिव काफ्लेले भने–‘आर्थिक सहभागिता सहितको संगठन निर्माण अभियानमा लागेको नेपाल निजामती कर्मचारी संगठन अहिले देशको ६८ जिल्लामा संगठन विस्तार गरेर २५ हजार भन्दा वढी सदस्य संगठित गराई ३ अरब भन्दा माथि पुँजी परिचालन गरिरहेको छ ।’ त्यसैगरी राष्ट्र सेवक वहुउदेश्य सहकारी संस्था लि. धनकुटाका सल्लाहकार संयोजक जयराम श्रेष्ठले राष्ट्र सेवक वहुउदेश्य सहकारी संस्था लि. सहकारीको मुल सिद्धान्त र परिधि भित्र रहेर संचालन भैरहेको वताए । उनले राज्यले संघिय निजामती ऐन प्रदेस निजामती ऐन निर्माण नगरेर नजिमती कर्मचारीलाई अस्तव्यस्त वनाएको बताए । 

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न २३ औं साधरणसभामा निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य एवम् धनकुटा इन्चार्ज गोविन्द खत्री, प्रदेस नं.१ का अध्यक्ष काशीराज पराजुली, जिल्ला सहकारी संघ धनकुाटका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदी, निजामती कर्मचारी संगठन धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदी, धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खेम घिमिरे, शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामचन्द्र गरागाँई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

 राष्ट्र सेवक वहुउदेश्य सहकारी संस्था लि. धनकुटाका उपाध्यक्ष लक्ष्मीकुमारी सुवेदीको अध्यक्षतामा सम्पन्न २३ औं साधरणसभामा संस्थाका कोषाध्यक्ष जीवन कट्टेलले संचालक समितिद्धारा प्रश्तुत् वार्षिक प्रतिवेदन वाचन गरेका थिए । कट्टेलले सहकारीले आ.व.०७८/०७९ मा कुद शेयर रकम ५८ लाख, ३९ हजार, १ सय, कुल निक्षेप ३ करोड, ६३ लाख, ४१ हजार, ३ सय, १९, कुल लगानी ४ करोड, १३ लाख, १ हजार, ९ सय, ६१ र कुल सम्पति तथा दायित्व ४ करोड, ७५ लाख, ९१ हजार, ५ सय ६८ रहेको वताए । 

त्यसैगरी संस्थाका लेखा समिति संयोजक तेज प्रसाद अधिकारीले लेखा समिति तर्फबाट प्रश्तुत् वार्षिक प्रतिवेदन वाचन गरेका थिए । संस्थाका अध्यक्ष द्रोर्ण वहादुर वस्नेतले आफ्नो पदबाट राजिनामा दिए पछि साधरणसभाको बन्द सत्रले सल्लहकार समिति सदस्य ललितकुमार वि.के.लाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष वि.केले राष्ट्रसेवक वहुमुखी सहकारी संस्था लि.को २३ औं साधरण सभाको वन्द सत्रले राष्ट्रसेवक वहुमुखीलाई हटाएर राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि.मा रुपान्तरण गरिएको वताएका छन् । 


  • Dhankutapress

थप