Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगर क्षेत्रका १७ वटा सहकारी खारेज

एक महिना भित्र नसुध्रिए थप खारेज गरिने चेतावनी

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिकाले सहकारीको प्रक्रिया पूरा नगरेका १७ सहकारी खारेज गरेको छ । 

जसमा सबैभन्दा बढी कृषि सहकारी परेका छन् । ९ वटा कृषि सहकारी संस्था पूर्णरुपमा कारोवार गर्न नपाउने गरी खारेज भएका छन् । खारेज हुनेमा दुग्ध संकलन र विधुत सहकारी एक एक वटा छन् । त्यसैगरी उपभोक्ता सहकारी ३ र वचत तथा ऋण सहकारी ३ वटा रहेका छन् । 

सवै भन्दावढी खारेजमिा परेका कृषि सहकारीहरु सहयात्री कृषि सहकारी संस्था लि. धनकुटा –७, टेकुनाला कृषि सहकारी संस्था लि. धनकुटा–८,मकालु चिया तथा कफी उत्पादन साना किसान सहकारी संस्था लि. धनकुटा–१, अर्गानिक तरकारी उत्पादन तथा कृषि पर्यटन  सहकारी संस्था लि.धनकुटा–६,सदावहार कृषि सहकारी संस्था लि.धनकुटा ९४,सुगन्धित चिया उत्पादन सहकारी संस्था लि. धनकुटा–३, आठपहरिया बंगुरपालन सहकारी संस्था लि.धनकुटा–८,नवविहानी कृषि सहकारी संस्था लि.धनकुटा–२ र सान्ताङ कृषि सहकारी संस्था लि. धनकुटा–८ रहेका छन् । सैगरी उपभोक्ता हसकारीहरुमा थानी उपभोक्ता सहकारी संस्था लि.धनकुटा–९, श्री हजुरको उपभोक्ता सहकारी संस्था लि.धनकुटा–४, जनसाहारा उपभोक्ता सहकारी संस्था लि.धनकुटा–१ रहेका छन् । 

वचत तथा ऋण सहकारीहरुमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–६, क्रमिक दैनिक बचत तथा ऋण सहकारी संस्था लि.धनकुटा–५, र जनकल्याण् वचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–१ हिले रहका छन् । 

धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ अन्तर्गत वर्षेनी आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्ने, तीन महिनाभित्र लेखा परीक्षण गर्नुपर्ने र विवरण कार्यलयमा बुझाउनुपर्ने भए पनि ४ वर्षदेखि यी प्रक्रिया पूरा नगरेको तथा पटकपटक सूचना गर्दासमेत सम्पर्कमा नआएकाले कानुन बमोजिम खारेज गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । 

अन्य सहकारीसमेत समस्याग्रस्त रहेकाले त्यस्ता सहकारीलाई समेत सुधारका लागि एक महिनाको अवधि दिएको र सुधार नभए अन्य सहकारीसमेत खारेज गरिने उनले बताए ।

  • Dhankutapress

थप