Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सुलभ वचत तथा ऋण सहकारी संस्था लि.को २० औं साधरणसभा सम्पन्न

आर्थिक मन्दीमा पनि २२.२८ प्रतिसतले मूनाफामा वृद्धि

  •   ३ वर्ष अघि | १७ मंसिर २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

सिधुवा /छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिधुवा वजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्था लि.को २० औं वार्षिक साधरणसभा सनिवार सम्पन्न भएको छ । साधरण सभामा अध्यक्ष मेघेन्द्र गुरुङले आर्थिक वर्ष ०७९।०८० मा सुलभ बचत तथा ऋण सहकारीले गरेको कारोवार मध्येबाट ५९ लाख, ६७ हजार, ८ सय ६६ रुपयाँ खूद नाफा भएको शेयर सदस्यहरुलाई जानकारी गराए । आ.व.०७८÷०७९ मा ४८ लाख ७७ हजार, ५ सय ९१ रुपया सहकारीले मूनाफा कमाएको थियो । अध्यक्ष गुरुङ्गले भने–‘अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सहकारीले २२.२८ प्रतिसतले मूनाफा वृद्धि भएको छ ।’ अध्यक्ष गुरुङले सहकारीको वार्षिक प्रतिवेदन एवंम नीति कार्यक्रम र आ.व.०८०।०८१ को प्रस्तावित कार्यक्रम तथा रणनीतिक योजनाहरु सविस्तार प्रस्तुत गरेका थिए ।

त्यसैगरी सहकारीका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पृथ वहादुर पौडेलले आर्थिक वर्ष ०७९÷०८० मा शेयर पुँजी तर्फ २ करोड, ३२ लाख, १ हजार, ८ सय रुपयाँ भएको वताए । अघिल्लो आर्थिक वर्षमा २ करोड, ३८ लाख, ६४ हजार, २ सय रुपयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष २.७८ प्रतिसतले ह्रास आएको प्रतिवेदनमा पौडेलले उल्लेख गरेका छन् । त्यसैगरी शेयर सदस्य संख्या आ.व.०७८÷०७९ मा १ हजार, १ सय, ८८ जना रहेकोमा यो वर्ष आ.व.०७९÷०८० मा १ हजार, २ सय, १५ जना पुगेको छ । शेयर सदस्य संख्या भने अघिल्लो वर्षको तुलनामा २.२७ प्रतिसतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको विभिन्न शिर्षकको कोष हिसाव भने अघिल्लो वर्षको तुलनामा आ.व.०७९÷०८० मा १९.८० प्रतिसतले वृद्धि भएको छ । यो संस्थाको लागि सकरात्मक पक्ष रहेको छ । आ.०७८÷०७९ मा २ करोड, ३४ लाख, ९२ हजार, ९ सय ९५ रुपयाँ रहेकोमा यो वर्ष २ करोड, ८१ लाख, ४३ हजार, ४ सय, ५८ रुपयाँ वृद्धि भएको हो । सहकारीको कूल निक्षेप अघिल्लो आ.व.०७९÷०८० मा ७ करोड, ३९ लाख, २६ हजार, १ सय ४६ रहेकोमा यो वर्ष भने ६.१६ प्रतिसतले हिरावट आएपछि घटेर ६ करोड, ९३ लाख, ७१, हजार, ६ सय, ११ रुपयाँ मात्र भएको छ ।

 संस्थाको मौज्दात रकममा पनि यो वर्ष १.८० प्रतिसतले वृद्धि भएको छ । जस्मा अघिल्लो वर्ष १ करोड, ९६ लाख, ४३ हजार, ५ सय, ५३ रुपयाँ रहेकोमा यो वर्ष १ करोड, ९८ लाख, ७ हजार, ३ सय ९२ रुपयाँ पुगेको छ । त्यसैगरी ऋण लगानी तर्फ आ.व.०७८÷०७९ मा ११ करोड, ३३ लाख, ३३ हजार, ६ सय, ९८ रुपयाँ रहेकोमा आ.व.०७९÷०८० मा ७.०६ प्रतिसतले कमी आउँदा १० करोड, ५३ लाख, २९ हजार, ४ सय, ९८ रुपया मात्र भएको छ ।

सो अवसरमा सहकारीले असल कारोवार गर्ने वेन कुमार श्रेष्ठ, सूर्य प्रसाद खनाल, उत्कृष्ठ वचत कार्ता चित्र वहादुर वाँनिया, टंकमाया मगर, अधिक शेयर धनी दिवश पौडेल, भीमकला श्रेष्ठ, उत्कृष्ठ दैनिक वचत कर्ता सुन्दरमान डंगोल र लक्ष्मीमाया गुरुङ, र उत्कृष्ठ बाल वचत कर्तामा असल श्रेष्ठ र आयुष्मा विष्टलाई सम्मान स्वरुप उपहार करुवा प्रदान गरिएको छ । तिन वटा सामूदायिक विद्यालयहरु सरस्वती मावि सिधुवामा अध्ययनरत छात्र–छात्रा टेकराज भट्टराई, सदिक्षा कटुवाल, जनता माविमा अध्ययनरत यहुन्ना दर्जी, अस्मिता मगर, सिंहदेवी माविमा अध्ययनरत जनार्दन धिताल र भोजकुमारी विश्वकर्मालाई पूर्ण पोषाक तथा स्टेस्नरी सामान प्रदान गरिएको छ ।

त्यसैगरी संस्थाका ७५ वर्ष नागेको जेष्ठ शेयर सदस्यहरु प्रेम प्रसाद ढकाल, बलवहादुर खड्का, फूलामाय श्रेष्ठ र इन्द्र कुमारी श्रेष्ठलाई नगद ३ हजारको दरले नगदसहित खदा मालाले सम्मान गरिएको थियो । त्यसैगरी कक्षा–१२ मा उत्कृष्ठ नतिजा ल्याउने संस्थागत र सामूदायिक विद्यालयका १ जना छात्र तथा छात्रालाई पनि सम्मान गरिएको छ । सहकारीको उत्कृष्ठ कर्मचारीको रुपमा व्यवस्थापक नीरा अधिकारीलाई सम्मान गरिएको छ । 


धनकुटालाई चिनाउने सहकारीको रुपमा सुलभ वचत तथा ऋण सअकारी संस्था लि.

 साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, महालक्ष्मी न.पा.का पुर्व मेयर परशुराम नेपाल, छथरजोरपार्टी गाउँपालिकाका उपाध्ययक्ष गीता खेवा गुरुङ वडा नं ६ का वडाध्यक्ष दीपक गुरुङ, सगरमाथा सेकेण्डेरी इङ्गलिस वोर्डिङ्ग स्कुलाका प्रिन्सिपल दिवेश खड्का, राष्ट्रिय सहकारी वैंक धनकुटाका प्रमुख सुमन श्रेष्ठ लगायतले २० बर्षिक साधरणसभाको अवसरमा शूभकामना मन्तव्य राखेका थिए । उनीहरुले सुलभ वचत तथा ऋण सहकारी संस्था धनकुुटालाई चिनाउने सहकारीको रुपमा स्थापित भएको भन्दै आगामी दिनमा अझ् प्रगती गरेर अघि वढ्न शुभकामना दिएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष खगेन्द्र सुवेदीले सुलभ वचतलाई जिल्ला कै नमूना र सिकाई थलोको रुपमा लिन सकिने बताए । उनले भने–‘आर्थिक सामाजिक रुपान्तरणमा सुलभ वचत तथा ऋण सहकारी सस्थाले अग्रणी भूमिका खेलेको छ ।’ कार्यक्रमका विशेष अतिथि छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता खेवा गुरुङ्गले छथर जोरपाटीका आर्थिक समृद्धिका लागि सुलभ वचत तथा ऋणले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन । सुलभ वचत तथा ऋण सहकारीको लागि गाउँपालिकाको तर्फबाट गर्न सकिने सहयोगको लागि आफू तयार रहेको समेत उपाध्यक्ष खेवाले वताईन । राष्ट्रिय सहकारी वैंकका प्रमुख सुमन श्रेष्ठले सहकारीको ३ करोडको हाराहारीमा जगेडा कोष देखिएको छ, यो शेयर सदस्यको लागि सकरात्मक पक्ष भएको बताए ।


  • Dhankutapress

थप