Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

भूकम्प पीडितका लागि १ लाख ४२ हजार राहत संकलन

  •   ३ वर्ष अघि | २२ कार्तिक २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगका लागि धनकुटाबाट १ लाख ४२ हजार रकम संकलन गरिएको छ । धनकुटा उद्योग वाणिज्य संघ, वितरक संघ र होटल एशोसिएसनले राहत संकलन अभियान चलाएर पैसा उठाएका हुन् ।

       तीन वटै संस्थाले आज धनकुटामा पत्रकार सम्मेलन गरेर पहिलो चरणमा १ लाख ४२ हजार १ सय ४० रुपैयाँ रकम संकलन भएको जानकारी दिएका छन् । सोमबार हिले बजार र मंगलबार धनकुटा बजारमा सहयोग संकलन अभियान चलाइएको थियो । अभियानका क्रममा धनकुटा बजारबाट ८० हजार ३५ रुपैयाँ र हिले बजारबाट ६२ हजार १ सय ५ रुपैयाँ रकम संकलन भएको छ । अब धनकुटाका अन्य बजारहरुबाट पनि सहयोग संकलन गरेर सरकारको उद्धार तथा राहत कोषमा रकम जम्मा गरिने उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघका अध्यक्ष राई, बरिष्ठ उपाध्यक्ष तारा तितुङ, सचिव श्रीराम रायमाझी, पूर्व अध्यक्ष लालचन्द गोङ्वा र होटल एशोसिएसनका उपाध्यक्ष डम्बरबहादुर काफ्लेले दुखमा परेकाहरुलाई सहयोग पुर्याउँन रकम संकलन गरिएको भन्दै संकलित रकम एक रुपैयाँ पनि खर्च नगरी पीडितहरुका लागि पठाइने जानकारी दिए । पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राईले सहयोग संकलन गरेर मानवीय धर्म निर्वाह गरेको भन्दै अभियानमा खटिनेहरुलाई धन्यवाद ज्ञापन गरे ।

  • Dhankutapress

थप